Oct 13 2026 | २०८३, असोज २७गते

images
ताजा अपडेट

images
images
images
images

सिडियो र प्रहरी प्रमुखलाई समय नपुग्दै गृहले फिर्ता बोलायो


ग्लोबल पाना
मंगलबार, माघ १६ २०८०
  • 217
    SHARES

  • images
    सिडियो र प्रहरी प्रमुखलाई समय नपुग्दै गृहले फिर्ता बोलायो

    काठमाडौं। गृह मन्त्रालयले सिराहाका प्रमुख जिल्ला अधिकारी र प्रहरी प्रमुखलाई समय नपुग्दै फिर्ता बोलाएको छ। आर्थिक लेनदेनमा मुछिएको भन्दै प्रमुख जिल्ला अधिकारी राजेन्द्रदेव पाण्डेलाई गृहमन्त्रालयमा र एसपी टेकुनन्द इवा लिम्बूलाई प्रहरी प्रधान कार्यालयमा सोमबार फिर्ता बोलाएको हो।

    images
    images
    images

    उनीहररूले मिटरब्याज पीडितलाई न्याय दिलाउन प्रभावकारी भूमिका निर्वाह नगरेकाले फिर्ता बोलाइएको गृह मन्त्रालय श्रोतले जनाएको छ। गत माघ ४ गते मिटरब्याज पीडित र साहुबीच सहायक प्रमुख जिल्ला अधिकारीको कार्यकक्षमा विवाद भएको थियो। सो विवादको क्रममा केही नागरिक घाइते भएका थिए।

    त्यस क्रममा साहुले पीडितलाई न्याय दिन इन्कार गर्दै धम्की दिएको र झगडा हुँदा मिटरब्याज पीडितले साहुलाई कुटपिट गरेका थिए। छलफलमा सहभागी कल्याणपुरका अमर यादव लगायतले साहु सूर्यकुमार यादवमाथि हातपात गरेका थिए। त्यसपछि प्रशासनले पीडितलाई नै थुनेर मिटरब्याजको मुद्दामा छलफल गराउन सकेको थिएन।

    पीडितलाई न्याय दिनुको सट्टा साहुको पक्षपोषण गरेको भन्दै उनीहरुलाई जिम्मेवारीबाट हटाइएको हो। कुटपिटमा संलग्न रहेको आरोपमा प्रहरीले त्यतिबेला कल्याणपुर नगपालिका-११ घरभई हाल लहान बस्दै आएका अमर यादवलाई नियन्त्रणमा लिएको थियो। साहुजनको कुटपीटबाट पीडितहरूको आक्रमणबाट गोइतको टाउको फुटेको थियो।

    जिल्ला प्रशासन कार्यालयमा मिटरब्याज सम्बन्धी उजुरीमा छलफलका लागि आएका उनीहरूबीच कुटपिट भएको हो। छलफल अगावै गोइतमाथि अमरसहितका समूहले कुटपिट गरेका थिए। सो घट्नामा प्रहरी र सिडयोको भूमिका शंकास्पद रहेको मन्त्रालयको आरोप छ।

    images

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ