Oct 13 2026 | २०८३, असोज २७गते

images
ताजा अपडेट

images
images
images
images

भौतिक मन्त्री ज्वालाद्वारा नेपाल प्रहरिलाई RFID मेसिन हस्तान्तरण


ग्लोबल पाना
मंगलबार, माघ १६ २०८०
  • 349
    SHARES

  • images
    भौतिक मन्त्री ज्वालाद्वारा नेपाल प्रहरिलाई RFID मेसिन हस्तान्तरण

    काठमाडौं । भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वालाले इम्बोस्ड नम्बर प्लेट रिड गर्ने ५ थान RFID मेसिन नेपाल प्रहरीलाई हस्तान्तरण गर्नुभएको छ। आज मन्त्रालयमा आयोजित एक कार्यक्रमका बिच इम्बोस्ड नम्बर प्लेटमा भएको बिवरण रिड गर्ने (Radio Frequency Identification Mechine)RFID मेसिन हस्तान्तरण गर्नुभएको हो।

    images
    images
    images

    मन्त्री ज्वालाले सो मेसिन नेपाल प्रहरी मुख्यालय अन्तरगत कार्यबिभाजनका डिआईजी भरत बोहोरालाई हस्तान्तरण गर्नुभएको हो।हाललाई १० थान हस्तान्तरण गरिएको यो मेसिन छिटै १०० थान हस्तान्तरण हुने यातायात ब्यवस्था बिभागले जनाएको छ।हाल सवारी साधनमा इम्बोस्ड नम्बर प्लेट जडान गर्ने व्यवस्था भएपनी यसमा उपलब्ध डाटा रिड गर्ने कुनै पनि प्रणालिको व्यवस्था थिएन।

    यो सङ्गै अब भौतिक पूर्वाधार मन्त्रालयको यातायात व्यवस्था बिभागले देशका विभिन्न नाकाहरुमा इम्बोर्डस प्लेट रिड गर्ने गेटको समेत निर्माण गरिरहेको छ। सो अवसरमा भौतिक पूर्वाधार तथा यातायात मन्त्री ज्वालाले सवारी साधनमा इम्बोर्डस प्लेट जडान गरेसङ्गै सवारी साधनको सुरक्षा तथा अन्य हिसाबले समेत यो प्रणाली महत्वपूर्ण हुने बताउनुभयो।

    सो अवसरमा यसको डेमो समेत गरेर देखाईएको थियो। कार्यक्रममा भौतिक मन्त्रालयका सचिव केशव कुमार शर्मा, यातायात व्यवस्था बिभागकका महानिर्देशक उद्दब प्रसाद रिजाल तथा ट्राफिक प्रहरी प्रमुख पोषराज पोखरेको समेत उपस्थिती थियो।

    images

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ