Oct 13 2026 | २०८३, असोज २७गते

images
ताजा अपडेट

images
images
images
images

माछापुच्छ्रे बैंकद्वारा सरकारी विद्यालयका विद्यार्थीहरुलाई न्यानो कपडा वितरण


ग्लोबल पाना
बुधबार, माघ १७ २०८०
  • 232
    SHARES

  • images
    माछापुच्छ्रे बैंकद्वारा सरकारी विद्यालयका विद्यार्थीहरुलाई न्यानो कपडा वितरण

    काठमाडौं। माछापुच्छ्रे बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत विभिन्न प्रदेशमा रहेका सरकारी विद्यालयमा अध्ययनरत विद्यार्थीहरुलाई न्यानो कपडा वितरण गरेको छ । बैंकले बढ्दै गईरहेका जाडो मौसमलाइृ मध्यनजर गरेर आर्थिक अवस्था कमजोर रहेका कोशी प्रदेशको उदयपुर जिल्ला स्थित श्री आधारभुत विद्यालय सिवाई बेल्हा त्यस्तै श्री माध्यमिक विद्यालय कालिखोलाका विद्यार्थहरुलाई विद्यालय पोशाक अनुसारको रङ्गको स्वीटरहरु वितरण गरेको हो ।

    images
    images
    images

    यसैगरी बैंकले मधेश प्रदेशको सिरहा जिल्ला स्थित श्री जनता आधारभुत विद्यालय मिर्चैयामा अध्ययनरत विद्यार्थीहरुलाई पनि जाडोको न्यानो स्वीटर हस्तान्तरण गरेको छ । बैंकले विद्यालयहरुसंगको समन्यवमा ती विद्यालयहरुमा अध्यनरत विपन्न, गरिब तथा जेहेन्दार बालबालिकाको स्वास्थ्यलाई मध्यनजर गर्दै जम्मा ३१० थान स्वीटर वितरण गरेको हो ।

    बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्र्तगत देशका सातै प्रदेशहरुमा विभिन्न कार्यक्रमहरु सञ्चालन गर्दै शिक्षा, स्वास्थ्य, दिगो विकास लगायतका अन्य कामहरुमा स्थानिय निकायहरुसंग सहकार्य गर्दै आइरहेको छ ।

    हरेक क्षेत्र र वर्गका ग्राहकलाई सरल र सहज बैंकिङ्ग सेवा पुर्याउने उद्धेश्यका साथ बैंकले देशका ७ वटै प्रदेशमा १६५ शाखा, १२ एक्सटेन्सन काउन्टर, १२७ शाखारहित बैंकिङ्ग सेवा, २०३ एटिएम मार्फत १५ लाख भन्दा बढी ग्राहक महानुभावहरुलाई सेवा प्रदान गर्दै आइरहेको छ ।

    images

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ