Oct 13 2026 | २०८३, असोज २७गते

images
ताजा अपडेट

images
images
images
images

लगातार तीन दिन बढेको सेयर आज ओरालो लाग्यो


ग्लोबल पाना
बुधबार, माघ १७ २०८०
  • 352
    SHARES

  • images
    लगातार तीन दिन बढेको सेयर आज ओरालो लाग्यो

    काठमाडौं । साताको चौथो कारोबार दिन लगातार तीन दिन बढेको सेयर बजार मापक नेप्से परिसूचक आज २१.६७ अंकले घटेको छ । बुधबार नेप्से १.०२ प्रतिशतले घटेर २०९७.९३ को विन्दुमा झरेको छ ।

    images
    images
    images

    आज ३१३ धितोपत्र कम्पनीको एक करोड ४७ लाख ७७ हजार १२० कित्ता सेयर पाँच अर्ब २९ करोड ५६ लाख पाँच हजार ५७ रुपैयाँमा किनबेच भएको छ । १३ वटा उपसमूहमध्ये उत्पादन तथा प्रशोधन उपसमूहको समूहगत सूचकको मात्र आर कारोबार बढेको छ । १२ वटा उपसमूहको समूहगत सूचक भने घट्यो ।

    बुधबार साम्लिङ पावर कम्पनीको सेयर मूल्य सर्वाधिक ९.८७ प्रतिशतले बढेको छ । मेन्छियाम हाइड्रोपावर कम्पनीको सेयर मूल्य सर्वाधिक ५.८७ प्रतिशतले घटेको छ । मंगलबार नेप्से परिसूचकमा सुधार आएपनि बुधबार भने कारोबार घटेको छ ।

    हिजो परिसूचक १४.८८ अंकले बढेर (०.७० प्रतिशत) पुग्दा सेयर बजारमा पाँच अर्ब ५४ करोड ४२ लाख रुपैयाँको सेयर खरिद-बिक्री भएको थियो ।

    images

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ