Oct 13 2026 | २०८३, असोज २७गते

images
ताजा अपडेट

images
images
images
images

प्रथम चावहिल जुत्ता चप्पल व्यापार मेला सुरु, ५० प्रतिशत सम्म छुट


ग्लोबल पाना
बिहीबार , माघ १८ २०८०
  • 360
    SHARES

  • images
    प्रथम चावहिल जुत्ता चप्पल व्यापार मेला सुरु, ५० प्रतिशत सम्म छुट

    काठमाडौं । प्रथम चावहिल जुत्ता चप्पल व्यापार मेला सुरु भएको छ । मेलाको उद्घाटन बिहिबार नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष मेहराज ढकालले गरेका हुन् । मेला यहि माघ १८ बाटसुरु भई फागुन १८ आर्थत एक महिना चल्ने आयोजकले जनाएको छ ।

    images
    images
    images

    मेलामा १४ यद्योगका ३० भन्दा बढि ब्राण्डका तीन हजारभन्दा बढि डिजाइनका जुत्ता चप्पल प्रदर्शनीमा राखिएको छ । नेपाली ब्राण्डका जुत्ताको प्रचार/प्रचार गरि आम उपभोक्ता माझ पुर्याउने मुल उद्वेश्यले विवाह तथा जाडोलाई समेत लक्षित गरि महिला, पुरुष, बालबालिका, जेष्ठ नागरिकलागायत सबै उमेर समूहका उपभोक्ता/प्रयोगकर्तालाई आकर्षक डिजाइनका जुत्ता चप्पल मेलामा राखिएको छ ।

    करिब एक सयभन्दा बढि स्टलहरुमा नेपाली ब्राण्डका जुत्ता चप्पल सजिसजावट गरि राखिएको छ । एउटै छानामुनी सबै उमेर समुहलाई सुहाउँदो १४ यद्योगका ३० भन्दा बढि ब्राण्डका तीन हजारभन्दा बढि डिजाइनका जुत्ता चप्पल कारखानाकै मुल्यमा १५ देखि ५० प्रतिशसम्म छुटको व्यवस्थासमेत गरेको आयोजकले जनाएको छ ।

    यो मेलामा चावहिल, गौशला, चुच्चेपाटी, बौद्ध, जोरपाटी, आरुबारी, साँखुलगायत वरपरका सबैक्षेत्रका आम उपभोक्तालाई जोड्ने मुख्य लक्ष्य राखि प्रथम चावहिल जुत्ता चप्पल व्यापार मेला आयोजना गरिएको आयोकले जनाएको छ । विगतमा पनि देशभर विभिन्न स्थानहरुमा नेपाली जुत्ता चप्पलको मेला महोत्सव गर्दै आएको जुत्ता चप्पल उद्योगीहरुले यस वर्ष पनि विभिन्न स्थानमा जुत्ता चप्पल मेला आयोजना गरिरहेका छन् ।

    नेपाली जुत्ता चप्पल उप्पादन गरि स्वदेशी वस्तुको प्रयोगमा फुटवयर क्षेत्रको उल्लेखनिय योगदान रहेको छ । नेपाली बजारमा करिब ६५ प्रतिशत योगदान नेपाली जुत्ता चप्पल उत्पादनले गर्न सफल भएको उद्योगी रामकृष्ण प्रसाईले बताए । उत्पादन क्षमता वार्षिक १६ करोड जोर रहेकोमा नेपाली बजारमा १० करोड माग रहेको तर बिक्री भने जम्मा ६ करोड मात्र रहेको उनले जानकारी दिए ।

    अझै यसलाई बजारी करणका लागि विभिन्न स्थानहरुमा प्रदर्शनी तथा मेला गर्नु परेको उनको भनाई छ । उनले राज्यले व्यवसायीलाई संकट परेको बेला नीति बनाई विशेष प्याकेज ल्याउनु पर्नेमा उल्टो अपराधी जस्तो व्यवहार गरेको आरोप लगाए ।

    मेलामा सुरभी पोलिमर्श कम्पनीका हाई लाइफ, पवित्र शु इण्डष्ट्रिजका शु ल्याण्ड, फुट फेशनका बेली, बोस शुज कलेक्शनका बोस शुज, वेलकम शुज कलेक्शनका आइडल, फुटमाण्डु शुजका भेनस, नमस्ते फुटवयरका सिल्स, हिमानी कलेक्सनका हिमानी, सुबोध एण्ड सुस्मिता ट्रेडस्का वन वल्र्ड, बज्र फुटवयर इण्डष्ट्रिजका कोसेली, रन शुज इण्डष्ट्रिजका रन शुज, शिखर शुज इण्डष्ट्रिजका शिखर शुज, पारागन फुटवयर इण्डष्ट्रिजका पिजी शुज, नियशा शुज इण्डष्ट्रिजका ब्याम्बो शुज लगायतको कम्पनी तथा ब्राण्डका रहेका छन् ।

    एक महिने मेलामा करिब ५ करोड रुपैयाँ बराबरको ३० देखि ३५ हजार जोर भन्दा बढि जुत्ता चप्पल बिक्रि हुने अनुमान गरिएको छ ।

    images

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ