Oct 11 2026 | २०८३, असोज २५गते

images
ताजा अपडेट

images
images
images
images

 एनसेल 4G, सुदूरपश्चिम र लुम्बिनीमा थप सुधार


ग्लोबल पाना
शुक्रबार, माघ १९ २०८०
  • 419
    SHARES

  • images
     एनसेल 4G, सुदूरपश्चिम र लुम्बिनीमा थप सुधार

    काठमाडौं । एनसेलले सुदूरपश्चिम र लुम्बिनी प्रदेशका विभिन्न जिल्लाका स्थानिय स्तर र क्षेत्रमा आफ्नो फोरजी सेवाको थप सुधार गरेको छ। यससँगै यी प्रदेशका डेढ दर्जन बढि क्षेत्रका ग्राहकहरुले अब सुधारिएको फोरजी सेवामा पहुँच पाएका छन् ।  आफ्नो सेवा विस्तार गर्दै आधुनिक मोबाइल ब्रोडब्यान्ड कनेक्टिभिटीमा सबैको पहुँच सुनिश्चित गर्ने आफ्नो प्रतिबद्धता बमोजिम एनसेलले यी स्थानहरुका फोरजी सेवामा थप सुधार गरेकोे हो । देशका अन्य स्थानहरुमा पनि सेवाको अवस्था हेरि आवश्यक लगानी गर्दै विस्तारित फोरजी सेवामा थप सुधार गर्ने योजना रहेको छ । 

    images
    images
    images

    हाल फोरजी सेवा सुधार गरिएका स्थानिय स्तर तथा क्षेत्रहरुमा सुदूरपश्चिमका बेलौरी, धनगढी, गौरीगंगा, घोडाघोडी, जानकी, कृष्णपुर र लम्कीचुहा रहेको छन् । त्यसैगरी लुम्बिनी प्रदेशका बुटवल, देवदह, घोराही, लुम्बिनी सांस्कृतिक विकास क्षेत्र, नरैनापुर, ओमसतिया, सैनामैना, सिदार्थनगर, सुनवल, तिलोत्तमा र तुलसीपुर रहेका छन् । 

    आधुनिक प्रविधि र नेटवर्कमार्फत विश्वस्तरीय सेवा र ग्राहक अनुभव प्रदान गर्ने आफ्नो प्रतिबद्धता बमोजिम, एनसेलले ग्राहकहरूलाई उच्च गतिको मोबाइल ब्रोडब्यान्डमा पहुँच सुनिश्चित गर्दै जेठ १८, २०७४ मा काठमाडौं उपत्यकाबाट फोरजी सेवा सुरु गरेको थियो र हाल यो सेवा ७७ वटै जिल्लामा विस्तार गरि सकेको छ र कुल जनसंख्याको ९२.०९ प्रतिशत जनतामाझ यो सेवा पुगेको छ ।

    नेपाल दूरसञ्चार प्राधिकरणले सार्वजनिक गरेको तथ्याङ्क अनुसार एनसेलको फोरजी सेवा प्रयोग गर्ने ग्राहकहरूको सङ्ख्या असोजसम्ममा ६८ लाख ८५ हजार रहेको छ र भिजिटर लोकेसन रजिस्टर (भीएलआर) तथ्याङ्कको आधारमा एनसेलको बजार हिस्सा ५४.०६ प्रतिशत रहेको छ । सेवामा विस्तार साथै कम्पनीले विभिन्न जिल्लाका टावरमा फोरजी क्षमताको स्तरोन्नति पनि गर्दै आएको छ ।

    images

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ