Oct 11 2026 | २०८३, असोज २५गते

images
ताजा अपडेट

images
images
images
images

अपाङ्गता भएका व्यक्तिको विषयमा सरकार संवेदनशील बन्नुपर्छ : मन्त्री रेग्मी


ग्लोबल पाना
शनिबार, मंसिर १७ २०७९
  • 233
    SHARES

  • images
    अपाङ्गता भएका व्यक्तिको विषयमा सरकार संवेदनशील बन्नुपर्छ : मन्त्री रेग्मी

    काठमाडौं । महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री उमा रेग्मीले अपाङ्गता भएका व्यक्तिको सवालमा तीनवटै सरकार संवेदनशील बन्नुपर्ने बताएका छन् । अपाङ्गता भएका व्यक्तिको ३१औँ अन्तर्राष्ट्रिय दिवसका अवसरमा राष्ट्रिय अपाङ्ग कोषले आज यहाँ आयोजना गरेको कार्यक्रममा बोल्दै उहाँले अपाङ्गता भएका व्यक्तिको सवालमा तीन तहकै सरकार संवेदनशील बनेर काम गर्न जरुरी रहेको बताएका हुन् । “दुर्गम क्षेत्रमा शारीरिक अशक्त भएर बसेका व्यक्तिको सेवा प्रवाहमा स्थानीय सरकार बढी जिम्मेवार र संवेदनशील बन्न आवश्यक छ”, उनले भने ।

    images
    images
    images

    सङ्घीय सरकार र प्रदेश सरकारले पनि अपाङ्गता भएका व्यक्तिहरूको सवालमा बजेट छुट्याएर काम गर्नुपर्ने उनको भनाइ थियो । मन्त्री रेग्मीले स्थानीय तहले अपाङ्गता भएका व्यक्तिहरूको सेवा, सुविधामा ध्यान नदिएको गुनासो आएको भन्दै मन्त्रालय गम्भीर बनेको बताए । कार्यक्रममा राष्ट्रियसभाका सदस्य एवं दिगो विकास तथा सुशासन समितिका सभापति प्रकाश पन्थले अपाङ्ग कोषले अपाङ्गता भएका व्यक्तिहरूलाई सहयोग सामग्री निर्माणमा अझै जोडबल गर्नुपर्ने बताए । “अपाङ्ग भएका व्यक्तिहरूका लागि स्थानीय सरकारले सहायक सामग्री घर-घरमा नै लगिदिनुपर्छ”, उनले भने ।

    स्थानीय तहले अपाङ्ग भएका व्यक्तिलाई सहयोगमा चासो नदिएको उनको भनाइ थियो । उनले अपाङ्गता भएका व्यक्तिहरूलाई सरकारबाट पनि सोचेअनुसारको सहयोग प्राप्त नभइरहेको गुनासो गरे । सभापति पन्थले पछिल्लो समय अपाङ्गता कार्डको दुरुपयोग भइरहेको भन्दै त्यस्तालाई कारबाही गर्न सकारसँग आगह गरे । कार्यक्रममा महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयका सचिव डिल्लीराम शर्माले राष्ट्रिय अपाङ्ग कोषको कार्य र क्रियाकलाप साथै अपाङ्गता भएकाहरूका लागि चाहिने सामग्रीमा भएको कमीलाई मन्त्रालयले गम्भीरतापूर्वक लिएको बताए । कोषलाई आवश्यक सहयोगका लागि सङ्घीय सरकार, प्रदेश सरकार र स्थानीय सरकारले सहयोग गर्नुपर्ने उनको भनाइ थियो ।

    कार्यक्रममा राष्ट्रिय अपाङ्ग कोषका सभापति डेकराज भट्टराईले अपाङ्गता भएका व्यक्तिहरूका लागि सरकारले सहयोग गर्ने बताए । तीनवटै तहका सरकारले मिलेर सहयोग गर्ने हो भने अपाङ्गता भएका व्यक्तिहरूले पाइरहेको समस्या र सास्ती कम हुने उनको भनाइ थियो । सोही अवसरमा कोषले अपाङ्गता भएर पनि समाजका विविध क्षेत्रमा योगदान दिने व्यक्तिलाई सम्मान गरेको थियो । सो अवसरमा कोषका अध्यक्ष भट्टराईले फिजियोथेरापी, अकुपेसनलथेरापी, परामर्श सेवा, गेट ट्रेनिङ तथा सहायक सामग्री, कृत्रिम हातखुट्टा, क्यालिपर, अर्थोपेडिक जुत्ता, ह्वीलचियर, वैशाखी, वाकर, सेतो छडीलगायतका सामग्री वितरण गरेका थिए ।

    images

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ