Oct 13 2026 | २०८३, असोज २७गते

images
ताजा अपडेट

images
images
images
images

कर प्रशासनमा चार्टड एकाउण्टेन्सहरुलाई प्रवेश गराउन सकारात्मक छु : अर्थमन्त्री महत


ग्लोबल पाना
शनिबार, माघ २० २०८०
  • 380
    SHARES

  • images
    कर प्रशासनमा चार्टड एकाउण्टेन्सहरुलाई प्रवेश गराउन सकारात्मक छु : अर्थमन्त्री महत

    काठमाडौं । अर्थमन्त्री डा. प्रकाशशरण महतले कर प्रशासनमा चार्टड एकाउण्टेन्सहरुलाई प्रवेश गराउन सकारात्मक रहेको बताउनुभएको छ । चार्टड एकाउन्टेन्स संस्थाको २७ औं वार्षिकोत्सव एवम् छैठाैं दिक्षान्त समारोहलाई सम्बोधन गर्दै उहाँले भन्नुभयो –‘चार्टड एकाउण्टेन्सहरुले पेशागत कर्तव्य पालना गर्ने सिलसिलामा आउने लोभ, लालसा अथवा डर धम्कीबाट नहिच्किचाइ आफ्नो जिम्मेवारी इमान्दारीपूर्वक वहन गर्ने हो भने सुशासन सुनिश्चित छ ।’

    images
    images
    images

    उहाँले सार्वजनिक क्षेत्रदेखि लिएर निजी क्षेत्रमा समेत सुशासन सुनिश्चित हुने बताउदै बेरुजुको वर्गीकरण गरेर गम्भीर प्रकृतिका समस्यालाई प्राथमिकताका आधारमा समस्या समाधान गर्नुपर्ने बताउनु भयो । उहाँले भन्नुभयो, ‘चार्टड एकाउण्टेन्सहरुले पेशागत कर्तव्य पालना गर्ने सिलसिलामा आउने लोभ, लालसा अथवा डर धम्कीबाट किञ्चित नहिच्किचाइ आफ्नो जिम्मेवारी इमान्दारीपूर्वक वहन गर्ने प्रतिज्ञा गर्दछु भनेर जुन प्रतिज्ञा गर्नुभएको छ ।

    यो तपाईहरुले पूरा गरिदिनु भयो भने सुशासन सुनिश्चित हो । उहाँले भन्नुभयो –‘प्रतिज्ञा गरेको कुरा सम्झिएपछि धेरै कुरा सुध्रिन्छ । लेखा र चार्टडमा ठिक हुने बित्तिकै धेरै कुरा ठिक ठाउँमा आउँछ । बेरुजुको वर्गीकरण गरेर कुन गम्भीर खालको हो, कुन टेक्निकल इररको कारण हो, कुन सिरियस समस्या छ, त्यसको आधारमा सिरियसलाई पहिलो प्राथमिकता दिनुपर्ने आवश्यकता छ ।

    हाम्रो कर प्रशासनमा चार्टड एकाउण्टेनहरुलाई प्रवेश गराउनुपर्छ । त्यसले धेरै सुधार हुन्छ भन्नुभएको छ । त्यसलाई म गम्भीरताका साथ लिन्छु ।

    images

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ