Oct 13 2026 | २०८३, असोज २७गते

images
ताजा अपडेट

images
images
images
images

कृषि विकास बैंकद्धारा हाडिगाउँमा त्रिशक्ति महिला समुहकाे पहलमा डष्टबिन हस्तान्तरण


ग्लोबल पाना
आइतबार, माघ २१ २०८०
  • 234
    SHARES

  • images
    कृषि विकास बैंकद्धारा हाडिगाउँमा त्रिशक्ति महिला समुहकाे पहलमा डष्टबिन हस्तान्तरण

    काठमाडौं । कृषि विकास बैंक लि. द्धारा आफनो संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तरगत माघ २० गते हाडिगाउँ गहनापाेखरीमा त्रिशक्ति महिला समुहकाे आयाेजनामा डष्टबिन हस्तान्तरण  गरिएकाे छ ।

    images
    images
    images

    हाडिगाँउमा रहेकाे गहनापाेखरीकाे महिमा रहेकाे उक्त स्थलकाे संरक्षण तथा प्रवद्वनकाे लागि कृषि विकास बैककाे सहयाेग स्वरुप केही डष्टबिनहरु संस्थाकाे उपाध्यक्ष तथा कार्यक्रमकाे सभापति नवेदा मैनाली लगायतलाई हस्तान्तरण गरिएकाे हाे ।

    यस कार्यक्रम कृषि विकास वैकका उपमहाप्रवन्धक यज्ञ प्रकाश न्यौपानेकाे प्रमुख आतिथ्यतामा सुरु गरिएकाे थियाे । कार्यक्रममा बाेल्दै न्यौपानेले फाेेहर तथा पर्यावरण व्यवस्थापन गर्नका लागि सानाे भए पनि सहयाेग मिल्ने उद्देश्यकाे साथ कृषि विकास वैंकले साे सहयाेग गरेकाे बताउनु भयाे ।

    त्यसैगरि कार्यक्रममा कृषि विकास बैंकको वाग्मती प्रदेश कार्यालयका निर्देशक गिरीधारी पौडेलले धार्मिक पौरानिक तथा सांस्कृतिक  सम्पदाहरुकाे संरक्षण तथा प्रवर्द्वनका लागि कृषि विकास वैंकले सामाजिक उत्तरदायित्व अन्तर्गतका रकमले हरेक वर्ष विभिन्न ठाउँमा सहयाेग गर्दै आएकाे र आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रममा नेपालको पूर्व मेचि देखि महाकालि सम्मका यस्तै सामाजिक सेवामुलक कार्यक्रममा सहयोग गर्दै आइरहेको बताउनु भयाे ।

    कार्यक्रममा  कृषि विकास वैंककाे मार्केटिङ विभागिय प्रमुख बिना शर्मा, वरिष्ठ शाखा प्रमुख सुदिल घिमिरे, नक्साल शाखाकाे शाखा प्रबन्धक अन्जु काेइराला, पूर्व वडा अध्यक्ष रमेश डंगाेल, टाेलबासीहरु, पत्रकारहरु लगायतका उपस्थिती रहेकाे थियाे ।

     

    images

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ