Oct 13 2026 | २०८३, असोज २७गते

images
ताजा अपडेट

images
images
images
images

माेरङमा सवारी साधनको ठक्करबाट महिलाको मृत्यु


ग्लोबल पाना
आइतबार, माघ २१ २०८०
  • 277
    SHARES

  • images
    माेरङमा सवारी साधनको ठक्करबाट महिलाको मृत्यु

    विराटनगर । मोरङको कानेपोखरीमा पिकअप गाडीको ठक्करबाट एकजना महिलाको मृत्यु भएको छ । कानेपोखरी गाउँपालिका-७ मा शनिबार राति भएको दुर्घटनामा अन्दाजी ४५ वर्षीया महिलाको मृत्यु भएको इलाका प्रहरी कार्यालय पथरीले जनाएको छ ।

    images
    images
    images

    मृतक महिलाको पहिचान खुलेको छैन । पहिचान गर्ने प्रयास भइरहेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार झापाबाट इटहरी आइरहेको प्रदेश ३-०१-०२४ च ७३७७ नम्बरको पिकअपले पैदलयात्री महिलालाई ठक्कर दिएको थियो ।

    ठक्करपछि सिकिस्त घाइते भएकी महिलालाई उपचारका लागि उर्लाबारीको मंगलबारेस्थित मदन भण्डारी अस्पताल एवं ट्रमा सेन्टर लगिएको थियो । त्यहाँ पुर्याएपछि चिकित्सकले उनको मृत्यु भइसकेको पुष्टि गरेका थिए ।

    पिकअप र चालक ४५ वर्षीय मिलनकुमार राईलाई प्रहरीले नियन्त्रणमा लिएर घटनाको अनुसन्धान अघि बढाएको छ ।

    images

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ