Oct 11 2026 | २०८३, असोज २५गते

images
ताजा अपडेट

images
images
images
images

नवनिर्वाचित सांसद बास्कोटाको घर अगाडी शंकास्पद बस्तु, नेपाली सेना द्धारा डिस्पोज


ग्लोबल पाना
आइतबार, मंसिर १८ २०७९
  • 218
    SHARES

  • images
    नवनिर्वाचित सांसद बास्कोटाको घर अगाडी शंकास्पद बस्तु, नेपाली सेना द्धारा डिस्पोज

    काठमाडौं । एमालेका नेता एवं काभ्रे २ बाट नवनिर्वाचित सांसद गोकुल बाँस्कोटाको भक्तपुरस्थित घर अगाडि भेटिएको शंकास्पद वस्तु नेपाली सेनाले डिस्पोज गरेको छ । प्रेसर कुकरमा शंकास्पद देखिने गरी राखिएको वस्तु सेनाको बम डिस्पोजल टोलीले निष्क्रिय पारेको जिल्ला प्रहरी परिसर, भक्तपुरका एसपी प्रजित केसीले बताए । कुकरमा विष्फोटक पदार्थ चाहिँ नभएको नेपाली सेनाका सहायक रथी नारायण सिलवालले बताए ।

    images
    images
    images

    सिलवालका अनुसार शंकास्पद वस्तुसँगै नेपालको राष्ट्रिय झण्डा र केही पर्चाहरु पनि भेटिएका छन् । प्रहरीका अनुसार एउटा पर्चामा कार्य मोर्चाको नाममा ‘उपत्यकाका ठूला नेताहरुलाई बाहिर भगाऔं’ उल्लेख गरिएको छ । ‘तर्साउन मात्रै खोजिए जस्तो देखिन्छ, कसले राखेको हो भन्ने विषयमा अनुसन्धान गरिरहेका छौं’, केसी भन्छन् । बाँस्कोटाको यही घर निर्माणाधीन भएका बेला २०७६ फागुनमा पनि बिस्फोट भएको थियो । त्यतिबेला नेत्रविक्रम चन्द नेतृत्वको विप्लव समूहले घटनाको जिम्मेवारी लिएको थियो ।

    images

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ