Oct 11 2026 | २०८३, असोज २५गते

images
ताजा अपडेट

images
images
images
images

आगलागी पीडितलाई आर्थिक सहयोग


ग्लोबल पाना
सोमबार, मंसिर १९ २०७९
  • 229
    SHARES

  • images
    आगलागी पीडितलाई आर्थिक सहयोग

    काठमाडौै । मेलम्ची-११ का आगलागी पीडितलाई आर्थिक सहयोग गरिएको छ । मेलम्ची बजारका व्यवसायी तथा संस्थाबाट सङ्कलन गरिएको रु चार लाख ३२ हजार ९५ रकम आइतबार उनीहरुलाई हस्तान्तरण गरिएको हो । गत काक्तिक ७ गते आगलागीबाट एकघरमा रहेको चार पसल, होटल, बेकरी तथा घरमा गरी करोडौँको क्षति भएको थियो ।

    images
    images
    images

    यसपछि विभिन्न समाजसेवी, राजनीतिक दल र बजारका अगुवाका नेतृत्वमा राहत सङ्कलन अभियान सञ्चालन गरेर सो रकम जम्मा गरिएको थियो । सङ्कलित रकम घरधनी दीपक दुलाललाई रु एक लाख, न्यु मेलम्ची सप्लायर्सका हरिशरण श्रेष्ठलाई रु दुई लाख १२ हजार, विजी बेकरीका प्रवीण देउजालाई रु ७० हजार र होटल व्यवसायी रीना गौतमलाई रु ५० हजार वितरण गरिएको अभियानका अगुवा सागर श्रेष्ठले जानकारी दिए ।

    यसअघि मेलम्ची ब्याडमिन्टन एकेडेमीका सदस्यबाट सङ्कलित रु ७० हजार र मेलम्ची नगर उद्योग वाणिज्य सङ्घले पनि रु ७४ हजार प्रभावितलाई सहयोग गरेको थियो ।

    images

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ