Oct 11 2026 | २०८३, असोज २५गते

images
ताजा अपडेट

images
images
images
images

दमकमा माटोको अम्लियनपनको मात्रा धेरै


ग्लोबल पाना
बुधबार, मंसिर २१ २०७९
  • 242
    SHARES

  • images
    दमकमा माटोको अम्लियनपनको मात्रा धेरै

    झापा । झापाको दमकको खेतीयोग्य जमिनमा अम्लियपनको मात्रै अत्यधिक पाइएको छ । दमक नगरपालिकामा गरिएको माटो जाँच शिविरमा कृषकको जमिन जाँच्दा उत्पादनमा समस्या देखिने गरी अम्लियपना देखिएको हो । नगरपालिका, कृषि शाखाकी प्रमुख चन्द्रकला भट्टराईले माटो अमिलोपना धेरै देखिएको बताए ।

    images
    images
    images

    उनका अनुसार यसलाई नियन्त्रणका लागि कृषि चुनको प्रयोग गर्न सुझाव दिइएको छ । शिविरमा जाँच गरिएको एक सय ५४ किसानको जमिनमा सबै जसोमा समस्या देखिएको थियो । शाखाकी प्रमुख भट्टराईले नगरपालिकाले निःशुल्क रुपमा कृषि चुनको वितरण गर्ने गरेको बताए । दमक नगरपालिकाले माटो परीक्षण गराउन चहाने कृषकका लागि निःशुल्क परीक्षणको व्यवस्था गर्ने गरेको छ ।

    माटोको गुणस्तर सुधारका लागि र उत्पादकत्व वृद्धिका लागि नगरपालिकाले सहयोग गर्ने दमक नगरपालिकाकी उपप्रमुख रेगिना भट्टराईले जानकारी गराए । उनले माटोको गुणस्तर सुधार कृषकलाई उन्नत बीउबिजन उत्पादनका लगि सहयोग गरिरहेको उल्लेख गरे । माटो तथा मल परीक्षण प्रयोगशालाले माटो परीक्षण गर्ने गरेको छ ।

    images

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ