Oct 11 2026 | २०८३, असोज २५गते

images
ताजा अपडेट

images
images
images
images

आठ महिनामा नेपाल भित्रिए छ हजार ४३५ वटा विद्युतीय कार


ग्लोबल पाना
मंगलबार, चैत ६ २०८०
  • 406
    SHARES

  • images
    आठ महिनामा नेपाल भित्रिए छ हजार ४३५ वटा विद्युतीय कार

    काठमाडौं । चालु आर्थिक वर्ष २०८०र०८१ को ८ महिनाको अवधिमा ६ हजार ४३५ वटा विद्युतीय कार आयात भएका छन् । भन्सार विभागले सार्वजनिक गरेको तथ्यांकअनुसार ८ महिनामा ६ हजार ४३५ वटा विद्युतीय कार आयात भएका हुन् ।

    images
    images
    images

    उक्त आयातमा १५ अर्ब ८१ करोड ९७ लाख ६० हजार रुपैयाँ बाहिरिएको छ। यो अवधिमा उक्त कार आयात हुँदा सरकारले ६ अर्ब ९९ करोड २६ लाख रुपैयाँ राजस्व आम्दानी गरेको छ। ५० किलोवाटसम्म चीनबाट ६६४, भारतबाट २ हजार ४८, इन्डोनेसियाबाट ३४ वटा आएको छ।

    ५१ देखि १ सय किलोवाटसम्म चीनबाट ३ हजार २६० वटा, भारतबाट ३३२, कोरियाबाट ३ वटा आयात भएको छ। १०१ देखि २ सय किलोवाटसम्म चीनबाट २९, जर्मनीबाट ६, कोरियबाट ४० वटा विद्युतीय कार आयात भएको छ।

    २०१ किलोवाटभन्दा माथिका चीनबाट १६, जर्मनीबाट १ वटा, अमेरिकाबाट २ वटा विद्युतीय कार आयात भएको हो।

    images

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ