Oct 11 2026 | २०८३, असोज २५गते

images
ताजा अपडेट

images
images
images
images

निर्वाचन नतिजा समीक्षा गर्दै लोकतान्त्रिक समाजवादी पार्टी


ग्लोबल पाना
बिहीबार , मंसिर २२ २०७९
  • 221
    SHARES

  • images
    निर्वाचन नतिजा समीक्षा गर्दै लोकतान्त्रिक समाजवादी पार्टी

    काठमाडौं । लोकतान्त्रिक समाजवादी पार्टीले मङ्सिर ४ गते सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको समीक्षा सुरु गरेको छ । लोसपाले धनुषा क्षेत्र नम्बर ३ मा भएको पराजयबारे पार्टीका वरिष्ठ नेता राजेन्द्र महतोको उपस्थितिमा समीक्षा सुरु गरेको हो । विसं २०७४ को निर्वाचनमा धनुषा-३ बाट नेता महतोले चुनाव जितेका थिए ।

    images
    images
    images

    यसपटको चुनावमा महतोले सो क्षेत्र सोही पार्टीका कार्यकारिणी सदस्य अनिलकुमार झालाई छाडेर सर्लाही-२ बाट चुनाव लड्नुभएको थियो तर धनुषा-३ मा झा र सर्लाही-२ मा महतो दुवैजना पराजित भए । नेता झालाई एमालेकी जुली महतोले पराजित गर्नुभएको हो भने महतोलाई नेपाल समाजवादी पार्टीका अध्यक्ष महेन्द्रराय यादवले पराजित गरे ।

    धनुषा-३ महतोको पुरानो चुनावी क्षेत्र भएको कारणले उनलाई पनि बैठकमा सहभागी गराई समीक्षा सुरु गरिएको लोसपाका नेता मनोज चौधरीले जानकारी दिए । सत्ता गठबन्धनका साझा उम्मेदवार रहेका नेता झा कसरी पराजित भए भन्नेबारेमा समीक्षा भइरहेको उनले बताए ।

    images

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ