Oct 12 2026 | २०८३, असोज २६गते

images
ताजा अपडेट

images
images
images
images

किसानलाई आधुनिक कृषि प्रविधिबारे सिकाउन चैते धानको नमुना खेती


ग्लोबल पाना
बिहीबार , चैत १५ २०८०
  • 501
    SHARES

  • images
    किसानलाई आधुनिक कृषि प्रविधिबारे सिकाउन चैते धानको नमुना खेती

    झापा । झापामा आधुनिक कृषि प्रविधि प्रयोग गरेर चैते धानको नमुना खेती गरिएको छ । किसानलाई धानखेतीको आधुनिक प्रविधि सिकाएर लागत घटाउने र उत्पादन बढाउने उद्देश्यले जिल्लाका चार वटा पालिकामा नमुना खेती गरिएको कृषि ज्ञानकेन्द्र झापाका निमित्त प्रमुख सागर विष्टले जानकारी दिए ।

    images
    images
    images

    गौरादह नगरपालिका, शिवसताक्षी नगरपालिका, गौरीगञ्ज गाउँपालिका र कमल गाउँपालिकामा ट्रेमा धानको बीउ उमारेर र धान मेसिनले रोपाइँ गरेर नमुना खेती गरिएको हो । २५ जना किसानको ७० बिघा जमिनमा ‘चैते धान-५’ जातको चैते धानको नमुना खेती गरिएको उनले बताए ।

    “किसानलाई प्रविधि चिनाउँदै प्रविधियुक्त खेतीमा प्रोत्साहित गराउने उद्देश्य हो”, उनले भने, “बीउ राख्न ट्रे र धान रोप्ने मेसिन निःशुल्क उपलब्ध गराइएको छ ।” सहकारीको मेसिन भाडामा लिएर रोपाइँ गरिएको उनले बताए ।

    मेसिनले रू चार हजार पाँच सयमा एक बिघा धान रोपाइँ गर्ने तर खेताला लगाएर रोपाइँ गर्दा रू नौ हजारभन्दा बढी खर्च हुने निमित्त प्रमुख विष्टले जानकारी दिए । बीउ उखेल्ने र रोपाइँ गरेर करिब रू १५ हजारदेखि रू २० हजार बचत हुने उनले बताए । मेसिनले रोप्दा पाँचदेखि १० प्रतिशत उत्पादन वृद्धि हुने उहाँको दाबी छ ।

    उत्पादन भएको चैते धान न्यूनतम रू नौ सय प्रतिमन ९४० केजी० का दरले खरिद गर्ने निश्चित भएको निमित्त प्रमुख सागर विष्टले जानकारी दिए। नमुना खेतीका लागि ज्ञान केन्द्रको रू १० लाख खर्च भएको छ । झापामा किसानले ‘ड्रम सिडर मेसिन’ प्रयोग गरेर छरुवा प्रविधिबाट चैते धान लगाएका छन् ।

    images

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ