Oct 11 2026 | २०८३, असोज २५गते

images
ताजा अपडेट

images
images
images
images

ग्लोबल आइएमई बैंकले अधिकृत पूँजी ५० अर्ब पुर्‍याउने


ग्लोबल पाना
शनिबार, मंसिर २४ २०७९
  • 244
    SHARES

  • images
    ग्लोबल आइएमई बैंकले अधिकृत पूँजी ५० अर्ब पुर्‍याउने

    काठमाण्डौ । ग्लोबल आइएमई बैंक लिमिटेड र बैंक अफ काठमाण्डू लिमिटेड एकापसमा गाभिने (मर्जर) सम्बन्धी अन्तिम स्वीकृति प्रदान गर्दै ग्लोबल आइएमई बैंकको १६औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ ।

    images
    images
    images

    साधारणसभाले ग्लोबल आइएमई बैंक लिमिटेड र बैंक अफ काठमाण्डू लिमिटेड गाभ्ने गाभिने (मर्जर) सम्बन्धमा सञ्चालक समितिका तर्फबाट प्रस्तुत प्रतिवेदनमाथि छलफल गरी सर्वसम्मतरूपमा पारित गरेको हो । गाभिने प्रयोजनका लागि मूल्याङ्कनकर्ताबाट प्राप्त चल/अचल सम्पत्ति दायित्व तथा कारोबारको मूल्याङ्कन प्रतिवेदन (डिडिए) का आधारमा निर्धारण गरिएको शेयर स्वाप अनुपात एक बराबर एक रहने गरी स्वीकृत गरेको छ ।

    साधारणसभाले बैकको अधिकृत पूँजी रु २५ अर्बलाई वृद्धि गरी रु ५० अर्ब पुर्‍याउने प्रस्तावलाई समेत पारित गरेको छ । साधारणसभामा बैंकका अध्यक्ष चन्द्रप्रसाद ढकालद्वारा प्रस्तुत गरिएको वार्षिक प्रतिवेदन तथा एकीकृत वित्तीय विवरण पारित गर्नाका साथै आर्थिक वर्ष २०७८/७९ को कूल मुनाफाबाट बैंकले आफ्ना शेयरधनीहरूलाई प्रस्ताव गरेको तीन प्रतिशत बोनस शेयर र १० दशमलव छ प्रतिशत नगद लाभांश गरी जम्मा १३ दशमलव छ प्रतिशत लाभांश दिने प्रस्तावलाई पारित गरेको छ ।

    बैंकले आर्थिक वर्ष २०७८/७९ मा सञ्चालन मुनाफा रु सात अर्ब १८ करोड र करपछिको मुनाफा रु चार अर्ब ९५ करोड आर्जन गरेको थियो । प्रस्तावित बोनस शेयर वितरणपश्चात् बैंकको चुक्ता पूँजी रु २४ अर्ब ५० करोड पुग्नेछ । साधारणसभामा वार्षिक प्रतिवेदन प्रस्तुत गर्दै बैंकका अध्यक्ष ढकालले ग्लोबल आइएमई बैंक नेपाल सरकार एवं नेपाल राष्ट्र बैंकद्वारा घोषित नीतिहरूको परिपालना गर्दै आफ्ना शेयरधनीहरूलाई उचित लाभांश प्रदान गर्न कटिबद्ध रहेको बताए ।

    उनले बैंकले आगामी दिनमा आफ्नो व्यावसायिक रणनीतिक योजनाअनुरुप व्यवसाय विस्तारका अन्य क्षेत्रमा समेत सन्तुलित वृद्धि गर्दै जाने जानकारी दिए । आव २०७८/७९ मा बैंकको खुद ब्याज आम्दानीतर्फ गत वर्षभन्दा रु एक अर्ब १५ करोडले वृद्धि भएको छ । बैंकको खुद मुनाफामा गत वर्षको तुलनामा १२ दशमलव पाँच नौ प्रतिशतले वृद्धि भई रु चार अर्ब ९५ करोड कायम भएको छ ।

    हाल बैंकले रु दुई खर्ब ८९ अर्बभन्दा बढी निक्षेप सङ्कलन गर्नाका साथै दुई खर्ब ७३ अर्बभन्दा बढी कर्जा लगानी गरेको छ । बैंकले करिब ३० लाख ग्राहकलाई प्रत्यक्ष सेवा प्रदान गर्दै आएको छ । पिएलए खबर

    images

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ