Oct 11 2026 | २०८३, असोज २५गते

images
ताजा अपडेट

images
images
images
images

नेपाली प्रयोगकर्ताप्रतिको आफ्नो प्रतिबद्धता बलियो बनाउँदै राकुटेन भाइबर


ग्लोबल पाना
आइतबार, वैशाख १६ २०८१
  • 365
    SHARES

  • images
    नेपाली प्रयोगकर्ताप्रतिको आफ्नो प्रतिबद्धता बलियो बनाउँदै राकुटेन भाइबर

    राकुटेन भाइबरले सबै सरकारी निकायहरूलाई सार्वजनिक सेवा सहज बनाउन भाइबर च्यानलहरू सुरु गर्न आमन्त्रित गर्दछ।

    काठमाडौं, बैशाख १६, २०८१ । कलिङ र मेसेजिङ एप्लिकेसनहरुको दुनियाँमा विश्वकै अग्रणी एप राकुटेन भाइबरले सार्वजनिक सञ्चार च्यानलहरू विस्तार गर्न नेपाल सरकारका विभिन्न निकायहरूसँग साझेदारी गर्ने भएको छ। यस सहकार्यको उद्देश्य नागरिकहरूलाई महत्त्वपूर्ण जानकारी तथा आधिकारिक सूचनाहरू प्रदान गर्ने र समुदायको सहभागिता बढाउन नागरिकहरूलाई अन्तरक्रियात्मक अभियानहरूमा संलग्न गराउनु रहेको छ।

    images
    images
    images

    यस पहलको एक अङ्गको रूपमा राकुटेन भाइबरले प्रयोगकर्ताहरूलाई महत्त्वपूर्ण सार्वजनिक सूचनाहरुमा प्रत्यक्ष पहुँच प्रदान गर्ने समर्पित च्यानलहरूको ठूलो सङ्ख्या प्रस्तुत गर्नेछ। यी च्यानलहरूले नागरिकहरूलाई सरकारका पहल, नीति र सार्वजनिक कार्यक्रमहरूका बारेमा जानकारी गराउनको लागि केन्द्रीकृत हबको रूपमा काम गर्नेछन्।

    यसबाहेक राकुटेन भाइबरले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयसँग “स्वास्थय सूचना”अभियान सुरु गर्न बलियो साझेदारी स्थापना गरेको छ। स्वास्थय सूचना पहलको एक अंशको रूपमा, आम जनताले आधिकारिक दिशानिर्देशहरू र विश्वसनीय स्रोतहरूबाट प्रत्यक्ष रूपमा प्राप्त हुने अन्य महत्वपूर्ण जानकारी, सहित सही र समयमै स्वास्थ्य सम्बन्धी विविध सामग्रीमा पहुँच पाउनेछन्।

    स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सिनियर हेल्थ एडमिनिस्ट्रेटर डा. प्रकाश बुढाथोकीले यस सहकार्यप्रति उत्साह व्यक्त गर्दै भन्नुभयो, “ स्वास्थ्य सम्बन्धित जानकारी जनमानसमा पुर्‍याउने हाम्रो प्रयासलाई विस्तार गर्न राकुटेन भाइबरसँग मिलेर काम गर्न पाउँदा अत्यन्त खुसी छौं।

    “राकुटेन भाइबरको गोपनीयता र सुरक्षाप्रतिको प्रतिबद्धताका कारण पनि प्रयोगकर्ताहरूले सरकारी सञ्चारको लागि आधिकारिक र विश्वसनीय स्रोतको रूपमा यस प्लेटफर्ममा विश्वास गर्न सक्छन्। नेपाल सरकारसँगको सहकार्यले पारदर्शिता, संलग्नता र महत्त्वपूर्ण सूचनाहरूमा नागरिकको पहुँच बढाउनका लागि प्रविधिको प्रयोगमा महत्वपूर्ण कदम अगाडि बढेको छ”, राकुटेन भाइबर, एसिया पेसेफिकका सिनियर डाइरेक्टर डेभिड चेले टिप्पणी गर्नुभयो।

    images

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ