Oct 11 2026 | २०८३, असोज २५गते

images
ताजा अपडेट

images
images
images
images

ल्यायो नेपाल टेलिकमले ‘आईसीटी डे अफर’, यस्ता छन् सुविधा


ग्लोबल पाना
बुधबार, वैशाख १९ २०८१
  • 303
    SHARES

  • images
    ल्यायो नेपाल टेलिकमले ‘आईसीटी डे अफर’, यस्ता छन् सुविधा

    काठमाडौं । आगामी बैशाख २० गते मनाउन लागिएको राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस २०२४ (नेशनल आईसीटी डे २०२४)को अवसरमा नेपाल टेलिकमले आफ्ना ग्राहकहरुका लागि ‘आईसीटी डे अफर’ उपलब्ध गराउने भएको छ।

    images
    images
    images

    सो अफर भोलि (२०८१ बैशाख १९) देखि प्रारम्भ हुनेछ र आगामी २०८१ बैशाख २१ सम्म लागु हुनेछ। यस अफरअन्तर्गत रु. ४९ मा १ दिन चलाउन सकिने १ एमबीपीएस अनलिमिटेड डेटा र नेपाल टेलिकमकै नेटवर्क भित्र कल गर्न सकिने १०० मिनेट अन नेट भ्वाइस सेवा उपलब्ध छ।

    यसैगरी डेटा प्याकेज अन्तर्गत रु. १११ मा ५ दिन चलाउन सकिने ६ जीबी डेटा, रु. १९९ मा ७ दिन चलाउन सकिने १३ जीबी डेटा, रु. २९९ मा १२ दिन चलाउन सकिने २० जीबी डेटा र रु. ३९९ मा १५ दिन चलाउन सकिने ३० जीबी डेटा प्याकेज उपलब्ध हुनेछ। यही अफर अन्तर्गत रु. ७८९ मा फेस्टिभ कम्बो प्याक पनि लिन सकिने छ ।

    प्रिपेड मोबाइल प्रयोगकर्ताका लागि २८ दिन र पोस्टपेड मोबाइल प्रयोगकर्ताका लागि ३० दिनसम्म चलाउन सकिने समयावधि तोकिएको सो प्याकेजअन्तर्गत ३० जीबी डेटा, सबै नेटवर्कमा कल गर्न सकिने ६०० मिनेट अल नेट भ्वाइस सुविधा र २०० अल नेट एसएमएस सुविधा यसमा उपलब्ध हुनेछ।

    पोस्टपेड मोबाइल प्रयोगकर्ताले यो प्याकेज लिएमा मासिक रुपमा बुझाउनु पर्ने रेन्टल चार्जबाटै यो शुल्क काटिने सुविधा उपलब्ध रहेको टेलिकमले जनाएको छ। आगामी बैशाख १९ देखि २१ गतेसम्म आफ्नो मोबाइल बाट ८ज्ञद्धज्ञछ८ज्ञज्ञ३ डायल गरी वा ‘नेपाल टेलिकमएप’प्रयोग गरी यीप् याकेजहरु खरिद गर्न सकिने छ।

    images

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ