Oct 12 2026 | २०८३, असोज २६गते

images
ताजा अपडेट

images
images
images
images

यामाहा द्वारा भव्य अफर सहितको सबैभन्दा ठूलो महा एक्सचेन्ज मेला २०८१ को घोषणा


ग्लोबल पाना
सोमबार, वैशाख २४ २०८१
  • 317
    SHARES

  • images
    यामाहा द्वारा भव्य अफर सहितको सबैभन्दा ठूलो महा एक्सचेन्ज मेला २०८१ को घोषणा

    काठमाडौं, बैसाख २४ । नेपालका लागि यामाहा मोटरसाइकल र स्कुटरको आधिकारिक वितरक एमएडब्लू राइड्स प्रा.लि.ले आफ्नो यस वर्षको सबैभन्दा ठूलो एक्सचेन्ज इभेन्ट - यामाहा महाएक्सचेन्ज मेला २०८१ को सुरूवात भएको घोषणा गरेको छ। कार्यक्रमको औपचारिक शुभारम्भ आज काठमाडौंको भृकुटीमण्डपमा भएको छ। एक हप्तासम्म जारी रहने मेलाले मोटरसाइकल उत्साहीहरूका लागि मोटरसाइकल एक्सचेन्जको अनुपम अनुभव प्रदान गर्नेछ। एमएडब्लू इन्टरप्राइजेज प्रा.लि.का प्रबन्ध निर्देशक विष्णुकुमार अग्रवालले भन्नुभयो, "फेरि पनि यामाहा महाएक्सचेन्ज मेलाको आयोजना गर्न पाउँदा हामी हर्षित छौं।"

    images
    images
    images

    यसले मोटरसाइकल उत्साहीहरूलाई आश्चर्यजनक मूल्यमा आफ्नो सवारी अपग्रेड गर्ने अविश्वसनीय अवसर प्रदान गर्दछ । मेलाको विषयमा थप स्पष्ट पार्दै अग्रवालले भन्नुभयो, "हामीलाई विश्वास छ यो कार्यक्रम मोटरसाइकल प्रेमीहरूका लागि आफ्नो सवारीलाई अपग्रेड गर्ने अवसर मात्र नभई जीवन्त र रोमाञ्चक वातावरणमा दुई पाङ्ग्रे सवारीप्रतिको आफ्नो जोश मनाउनको लागि उत्तम मन्च पनि हो।" यामाहा महाएक्सचेन्ज मेलाले ग्राहकहरूलाई सुपथ मूल्यमा आफ्ना मोटरसाइकल अपग्रेड गर्ने एउटा असाधारण अवसर प्रदान गर्दछ। सहभागीहरूले आफ्नो ब्राण्ड-न्यु यामाहा बाइकको खरिदमा एक लाख रूपैयाँसम्मको ग्यारेन्टी नगद छुट प्राप्त गर्न सक्नेछन्।

    साथै, एमएडब्लू राइड्सले जुनसुकै ब्राण्ड्सका पुराना मोटरसाइकलहरूको ट्रेड-इनको लागि अधिकतम मूल्य सुनिश्चित गर्दै एक लाख रुपैयाँसम्मको अतिरिक्त मूल्याङ्कन पनि प्रदान गर्नेछ। यो सुविधाजनक एक्सचेन्ज प्रोग्रामले तपाईलाई आफ्नो जुनसुकै ब्राण्डको पुरानो बाइक वा स्कुटरलाई ब्रान्ड न्यु यामाहासँग विनिमय गर्ने सुविधा प्रदान गर्नेछ। यामाहा महाएक्सचेन्ज मेलाका आकर्षणका रूपमा सहभागीहरूले नि:शुल्क बाइक हेल्थ कार्डबाट आफ्नो नयाँ सवारी राम्रो अवस्थामा रहेको सुनिश्चित गर्नका लागि नि:शुल्क बाइक चेक-अप र स्पार्कलिंग क्लिन स्टार्टको लागि वाश गर्ने सुविधा लिन सक्नेछन्। यस कार्यक्रमले स्टाइलिश अपग्रेडको साथमा सुरक्षा बढाउन डुअर प्राइजका रूपमा स्मार्ट हेल्मेट जित्ने अवसर पनि प्रदान गर्नेछ। थप रोमाञ्चकताका लागि मेलामा नि:शुल्क खेल र उपहारहरू, टेस्ट राइड र विन अफरहरू रहने छन् भने नि:शुल्क एसेसरिज प्राप्त गर्नाले आगन्तुकहरूको समग्र अनुभवलाई थप बढाउने निश्चित छ।

    यामाहा महाएक्सचेन्ज मेला मोटरसाइकलमा पाइने अफर र सेवाहरूभन्दा पनि अझै बढि मनोरन्जनले भरिपुर्ण रहनेछ जहाँ प्रख्यात नेपाली गायक गायिकनहरूको प्रत्यक्ष प्रस्तुतीहरूले वातावरणलाई थप जीवन्त बनाउने छ। उपस्थित महानुभावहरुले बैशाख २४ मा शिव परियार, २६ मा महेश काफ्ले र २९ गते मिलन नेवारको सुमधुर गायनको आनन्द लिन सक्नेछन्। यो असाधारण कार्यक्रमले सुपथ मूल्यमा तपाईंको मोटरसाइकल अपग्रेड गर्न, नि:शुल्क सेवाहरूको आनन्द लिन, रोमाञ्चक पुरस्कारहरू जित्न र लाइभ सङ्गीतको साथमा मोटरसाइकलप्रतिको तपाईंको जोशलाई उत्सवका रूपमा मनाउने अविष्मरणीय अवसर प्रदान गर्नेछ। बैसाख २३ गतेदेखि २९ सम्म काठमाडौंको भृकुटीमण्डपमा जानुहोस् र यामाहा महाएक्सचेन्ज मेला २०८१ मा सहभागी बन्नुहोस्!

    images

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ