Oct 11 2026 | २०८३, असोज २५गते

images
ताजा अपडेट

images
images
images
images

किसानलाई मकैको बीउ वितरण


ग्लोबल पाना
सोमबार, मंसिर २६ २०७९
  • 243
    SHARES

  • images
    किसानलाई मकैको बीउ वितरण

    काठमाडौं । आफ्नो क्षेत्रका किसानको आर्थिक विकास र कृषिमा दिगोपनका लागि बेला-बेलामा विभिन्न योजना ल्याएको विराटनगर महानगरपालिकाले किसान समूह र कृषिमा आधारित सहकारी संस्थालाई मकैको उत्पादन बढाउन अनुदानमा बीउ उपलब्ध गराएको छ ।

    images
    images
    images

    महानगरका किसान समूह र सहकारीलाई ५० प्रतिशत अनुदानमा मकैको बीउका साथै माटोको उर्वराशक्ति वृद्धिका लागि जिङ्क पनि उपलब्ध गराइएको थियो। बीउ र जिङ्क वितरण गर्दै महानगरप्रमुख प्रमुख नागेश कोइरालाले बढ्दो सहरीकरणका कारण जमिनको उर्वराशक्तिमा ह्रास आएकामा चिन्ता व्यक्त गरे । उनले रासायनिक मलको जथाभावी प्रयोगभन्दा जैविक मल प्रयोगमा जोड दिनुपर्ने बताए ।

    वडा नं १९ का अध्यक्ष श्याम घिमिरेले गुणस्तरीय मकैको बीउबाट किसानले अत्यधिक लाभ लिनसक्ने अपेक्षा गरे । महानगरपालिकाले २६ वटा किसान समूह तथा सहकारी कृषि फर्मका तीन सय ३९ घरधुरीमा वितरणका लागि एक हजार एक सय ७६ केजी मकैको बीउ र आठ हजार केजी जिङ्क उपलब्ध गराएको थियो ।

    images

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ