Oct 12 2026 | २०८३, असोज २६गते

images
ताजा अपडेट

images
images
images
images

सिञ्जाका सडक पुनःनिर्माण गर्न बजेट व्यवस्थापन


ग्लोबल पाना
मंगलबार, मंसिर २७ २०७९
  • 229
    SHARES

  • images
    सिञ्जाका सडक पुनःनिर्माण गर्न बजेट व्यवस्थापन

    काठमाडौं । गत असोज १९ देखि २३ गतेसम्म परेको लगातार अविरल वर्षा र बाढीपहिराले विशेषगरी सिञ्जा क्षेत्रमा धनजनको ठूलो क्षति गरेको थियोे । ग्रामीण सडकदेखि राजमार्गसम्म जोडिएका सडकखण्ड पनि बाढीपहिराले क्षति गरेपछि पुनः स्तरवृद्धिका काम भइरहेका छन् ।

    images
    images
    images

    सिञ्जा गाउँपालिकामा भत्किएका सडक निर्माणका लागि रु पाँच करोडको बजेट अर्थ मन्त्रालयबाट विनियोजित भई सहरी विकास एकाइ कार्यालय सुर्खेतले सोमबार खुला प्रतिस्पर्धा माध्यमबाट बोलपत्र प्रकाशित गरेको सिञ्जाका अध्यक्ष पूणर्प्रसाद धितालले जानकारी दिए । उनले भने, “सडक पुनः स्तरवृद्धिका लागि हिमा गाउँपालिका-१ आचार्यलिहीको जिरो प्वाइन्टबाट धिताललिही, नराकोट जाच, झिम्डिकुना हुँदै कनकासुन्दरी मन्दिरसम्म पुग्ने छ ।” यहाँका नागरिकको आवश्यकता र उनीहरूको मागअनुसार महसुस हुने गरी काम गरिने अध्यक्ष धितालले बताए ।

    कामलाई गुणस्तरीयरूपमा सम्पन्न गराउन सिञ्जावासीको भूमिका महत्वपूर्ण रहने गाउँपालिकाले जनाएको छ । ग्रामीण भेगका विकासे कामलाई तीव्रगतिमा लिनका लागि पालिकाले खुला प्रतिस्पार्धाबाट रोलर र जेसिबी खरिद गरी पालिकामा पुगिसकेको छ । कार्यविधि बनाइ सञ्चालनमा ल्याइने सिञ्जा गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत मित्रलला धितालले जानकारी दिए ।

    images

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ