Oct 11 2026 | २०८३, असोज २५गते

images
ताजा अपडेट

images
images
images
images

नेपाल टेलिकमको वित्तीय विवरण सार्वजनिक


ग्लोबल पाना
सोमबार, वैशाख ३१ २०८१
  • 342
    SHARES

  • images
    नेपाल टेलिकमको वित्तीय विवरण सार्वजनिक

    काठमाडौं। नेपाल टेलिकमले चालु आर्थिक वर्ष तेस्रो त्रैमास अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ। समीक्षा अवधिसम्म कम्पनीले ५ अर्ब ४१ करोड रुपैयाँ खुद नाफा आर्जन गरेको छ। जुन अघिल्लो वर्षको यही अवधिसम्मको तुलनामा ०।४३ प्रतिशतले कम हो। अघिल्लो वर्ष यही अवधिसम्म कम्पनीको खुद नाफा ५ अर्ब ४३ करोड हजार रहेको थियो।

    images
    images
    images

    अघिल्लो आर्थिक वर्षको ९ महिनाको अवधिसम्ममा कम्पनीको कुल सञ्चालन आय २८ अर्ब २१ करोड रुपैयाँ रहेकोमा समीक्षा अवधिमा ८७ करोड २९ लाख रुपैयाँ रहेको छ। सञ्चालक आय पनि ३.०९ प्रतिशतले घटेको छ।

    यो ९ महिनाको अवधिसम्म कम्पनीको कुल आय भने २.०६ प्रतिशतले बढेर ३३ अर्ब २० करोड रुपैयाँ भएको छ। अघिल्लो यही अवधिसम्म कुल आय ३२ अर्ब ५३ करोड रुपैयाँ रहेको छ।कोभिड-१९ को महामारी तथा ओटीटीको बढ्दो प्रयोगले अन्तर्राष्ट्रिय रोमिङ लगायत अन्तरआवद्धता सेवाको प्रयोगमा कमी हुँदा चालु आवमा खुद नाफा कमी आएको जनाएको छ ।

    अन्तरआवद्वता शुल्क सम्बन्धी निर्देशिका अनुसार डोमेस्टिक अन्तरआवद्वता शुल्कमा कमी भएकोले कार्य सञ्चालन आयमा कमी भएको उसको भनाइ छ ।

    images

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ