Oct 11 2026 | २०८३, असोज २५गते

images
ताजा अपडेट

images
images
images
images

बिजुलीका तार भूमिगत गरिएको क्षेत्रमा इन्टरनेटका केबल, फाइबरलगायत उपकरण हटाउन आग्रह


ग्लोबल पाना
बिहीबार , जेठ ३ २०८१
  • 281
    SHARES

  • images
    बिजुलीका तार भूमिगत गरिएको क्षेत्रमा इन्टरनेटका केबल, फाइबरलगायत उपकरण हटाउन आग्रह

    काठमाडौं । नेपाल विद्युत प्राधिकरणले काठमाडौंका विभिन्न क्षेत्रमा बिजुलीका पोलमा रहेका संरचना तथा उपकरण हटाउन आग्रह गरेको छ । बिहीबार सूचना जारी गरी प्राधिकरणले पोलमा रहेका इन्टरनेट, केबल, आप्टिकल फाइबर, सीसीटीभी क्यामेरा र सडक बत्तीलगायतका संरचना ६ महिना भित्र हटाउन आग्रह गरेको छ ।

    images
    images
    images

    प्राधिकरणले निर्माण सम्पन्न भएका स्थानहरुमा भूमिगत विद्युत गठाउने कार्यको परीक्षण गरी केही दिनभित्रै भूमिगत विद्युत प्रणाली सञ्चालनमा ल्याउने उल्लेख गरेको छ । त्यसका लागि प्राधिकरणले ती स्थानमा रहेका विभिन्न विद्युतीय सामग्री र पोल हटाउन भनेको हो ।

    ६ महिनाभित्र नहटाए पछि हुने क्षतिप्रति स्वयं जिम्मेवार हुनुपर्ने भन्दै प्राधिकरणले जिम्मेवारी नलिने जनाएको छ । जारी सूचनामा भनिएको छ, ‘प्राधिकरणले पेप्सीकोला-जडीबुटी, लैनचौर-नारायण गोपाल चोक, चुच्चेपाटी-चाबहिल-मित्रपार्क, कलंकी-त्रिपुरेश्वर, कालीमाटी-बल्खु, कीर्तिपुर-रिङरोड र सामाखुसी टाउन प्लानिङमा भूमिगत वितरण प्रणाली परीक्षण गरी केही दिन भित्रमा सञ्चालनमा ल्याइने छ ।


    उल्लेखित क्षेत्रको ओभरहेड वितरण लाइन तथा विद्युतका पोलहरु क्रमैसँग हटाइने भएकाले उपरोत्त स्थानमा भएका संरचना एवं उपकरणहरू नहटाएमा प्राधिकरणले पोललगायतका ओभरहेड संरचना हटाउँदा हुने क्षतिप्रति नेपाल विद्युत प्राधिकरण जिम्मेवारी नहुने व्यहोरोसमेत जानकारी गराइन्छ ।’ अब प्राधिकरणले ६ महिना भित्र उल्लेखित स्थानहरुमा परीक्षण गरी भूमिगत प्रणालीबाट विद्युत पठाउने प्रणाली सञ्चालनमा ल्याउने छ ।

    images

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ