Oct 11 2026 | २०८३, असोज २५गते

images
ताजा अपडेट

images
images
images
images

एम.ए.डब्लू. हायर पर्चेज प्रा.लि. (एमएचपीएल) ले ल्यायो आफ्ना ग्राहकका लागि ट्रेण्डसेटिंग ‘मोबाइल एप’


ग्लोबल पाना
सोमबार, जेठ ७ २०८१
  • 315
    SHARES

  • images
    एम.ए.डब्लू. हायर पर्चेज प्रा.लि. (एमएचपीएल) ले ल्यायो आफ्ना ग्राहकका लागि ट्रेण्डसेटिंग ‘मोबाइल एप’

    जेठ ६, २०८१, काठमाडौंं। आजको डिजिटल युगमा हरेक उद्योगका लागि अपरिहार्य आवश्यकता बन्दै गएको इनोभेसन र प्राविधिक विकास लगभग सबै क्षेत्रहरूमा द्रुत रूपमा अगाडि बढिरहेको छ। लेनदेनमा आवश्यक पारदर्शिता, सुरक्षित र सुविधाजनक किस्ता भुक्तानी प्रणाली, रियल-टाइम सेटलमेन्ट र नोटिफिकेसनका साथै अन्य धेरै सुविधाहरू ‘हायर-पर्चेज’ क्षेत्रका ग्राहकहरूका लागि अति जरुरी हुने हुँदा बढ्दो डिजिटल उपयोगिता हायर पर्चेज उद्योगमा पनि लागू हुन्छ। यसर्थ, ‘एमएचपीएल एप’ को सुरुवात ग्राहकहरुको सेवामा सहजता प्रदान गर्नका लागि एउटा कोसाढुंगा हो।

    images
    images
    images

    ‘एमएचपीएल’ एपको सुरुवात भएसँगै अब ग्राहकहरुका लागि कर्जा भुक्तानीको कारोबार डिजिटल रुपमा गर्नका लागि एक सुविधाजनक विकल्प उपलब्ध हुनेछ। अब आफ्नो कर्जाको अवस्था जान्नका लागि ग्राहकहरुले भौतिक रुपमै उपस्थित हुनुपर्ने पुरानो बाध्यता पनि हट्ने छ। एमएचपीएलले गहिरो अध्ययन र उपभोक्ताहरुको आवश्यकतालाई ध्यानमा राखी यो एप ल्याएको हो। एमएचपीएल एप निम्नलिखित सुविधाहरुसहित निर्माण गरिएको छ;

    -        कर्जा विवरणहरुको जानकारी र बाँकी सावा रकम को भुक्तानी तालिका

    -        एपभित्र सुरक्षित र सुविधाजनक ईएमआई भुक्तानीका बिद्धुत्तिय विकल्पहरु उपलब्ध

    -        कर्जा अवस्थाको जानकारीको रियल टाइम नोटिफिकेसनहरु

    -        झन्झटमुक्त अनुभवका लागि युजर-फ्रेन्डली इन्टरफेस

    काठमाडौँमा आयोजित एक औपचारिक कार्यक्रममा एमएडब्लू गुप अफ कम्पनीजका प्रबन्ध निर्देशक श्री विष्णु अग्रवाल र एमएचपिलएलका महप्रबन्धक श्री प्राणनाथ भट्टराईले ‘एमएचपीएल एप’को सुरुवात गर्नु भयो।

    “एमएचपीएलमा हामी हाम्रा ग्राहकहरुका लागि निरन्तर रुपमा सुविधाहरु बढाउन हरसम्भव प्रयास गर्दै आएका छौँ। आजको ‘एमएचपीएल एप’ अनावरण हामीलाई हाम्रा ग्राहकसँग अझै बढी डिजिटल र प्रभावकारी ढंगले जोडिनका लागि एउटा कोसेढुंगा सावित भएको छ। एमएचपीएल एप मार्फत् अब ग्राहकहरुले आफ्ना कारोबारको रियल टाइम इनसाइटहरु प्राप्त गर्न सक्नेछन्। यो त केवल सुरुवात हो; हामी बजारको मागलाई सम्बोधन गर्दै एपका सुविधाहरुलाई अझै समृद्ध बनाउन निरन्तर प्रतिबद्ध छौँ”, एमएचपीएलका महानिर्देशक प्राणनाथ भट्टराईले भन्नु भयो।

    एमएचपीएल एमएडब्लू ग्रुपद्वारा प्रवर्धित र नेपाल राष्ट्र बैंकद्वारा इजाजत प्राप्त हायर-पर्चेज क्षेत्रको एक चिरपरिचित नाम हो। कम्पनीले देशभरका ३० हजारभन्दा बढी ग्राहकहरुलाई आफ्नो सेवा प्रदान गरिसकेको छ। यसले हालसम्म आफ्नो व्यापक संजाल मार्फत् नेपालभर कुल १० अर्ब १९ करोड रुपैयाँको कर्जा प्रवाह गरिसकेको छ।

    एमएचपीएलले दुई पाङ्ग्रे सवारीसाधन, ईभी र फोसिल फ्युल लाग्ने दुवैखाले अटोमोबाइलहरू, सेकेण्ड ह्याण्ड कारहरू, व्यापारिक सवारीसाधनहरू [इभी र फोसिल फ्युल इन्धन], भारी र कृषि उपकरणहरूलाई ऋण उपलब्ध गराउँछ। संस्थाले देशको अर्थतन्त्रलाई अगाडि बढाउन मद्दत गर्ने हेतुले स्वरोजगार सिर्जना गर्न विभिन्न उद्यमहरूलाई ऋण उपलब्ध गराउने कार्यलाई आफ्नो मुख्य प्राथमिकतामा राखेको छ।

    images

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ