Oct 11 2026 | २०८३, असोज २५गते

images
ताजा अपडेट

images
images
images
images

थाई एयरवेजको सेवा नेपालमा पुनः शुरुवात


ग्लोबल पाना
बिहीबार , जेठ १० २०८१
  • 309
    SHARES

  • images
    थाई एयरवेजको सेवा नेपालमा पुनः शुरुवात

    जेष्ठ १०, काठमाडौं । थाइल्याण्डको ध्वजावाहक एयरलाइन्स कम्पनी थाई एयरवेजले नेपालमा आफ्नो सेवा पुःन सुरु गरेको आधिकारिक रुपमा जानकारी दिएको छ । थाई एयरवेजले सन् १९६८ मा बैंककदेखि कलकत्ता हुँदै काठमाडौं सम्मको उडान मार्फत नेपालमा आफ्नो वायुसेवा सुरु गरेको थियो। नेपाललाई विश्वसँग जोड्ने र विश्व बजारका यात्रीहरुलाई पनि नेपाल ल्याउने थाई एयरवेजको यो आधा शताब्दी लामो यात्रामा कोभिड महामारीका कारण मार्च २०२२ मा रोकिएको थियो। थाई एयरवेजले २९ अक्टोबर २०२३ मा सोसाइटी इन्टरनेशनल ट्राभल सर्भिसेसलाई नेपालको लागि जेनरल सेल्स एजेन्टको रूपमा नियुक्त गरेर आफ्नो सेवा फेरि सञ्चालन गरेको थियो।

    images
    images
    images

    हाल थाई एयरवेजले नेपालमा एयरबस ३२० न्यारो बडी एयरक्राफ्ट सञ्चालन गर्दै आएको छ । स्थानीय बजारको अवस्था राम्रोसँग बुझेको सोसाइटी इन्टरनेशनल ट्राभल सर्भिसेज थाई एयरवेजको लागि एक उत्कृष्ट साझेदार बनेको छ । नेपालमा पुःन उडान सुचारु भएको डेढ महिना भित्रै राम्रो प्रतिक्रिया प्राप्त गरेपछि थाइ एयरवेजले १५ डिसेम्बर २०२३ मा दोस्रो दैनिक उडान सुरु गरेको हो ।

    हाल थाई एयरवेजले ६० भन्दा बढी गन्तव्यहरूमा एयरबस ३२० न्यारोबडी एयरक्राफ्ट, ७७७ एयरक्राफ्ट, ड्रीमलाइनर ७८७, र एयरबस ३५० एयरक्राफ्टहरू सञ्चालन गर्दै आएकोछ । यी विमानहरू आरामदायी सिटको लागि प्रसिद्ध छन्। थाई एयरवेजका डिरेक्टर अफ सेल्स खुन विट किचाथोर्नले वायुसेवा पुःन सुचारुको वारेमा बोल्दै भन्नुभयो, “काठमाडौं र बैंकक बीचको उडान सेवा पुनः सुरु भएको घोषणा गर्न पाउनु हाम्रो लागि सौभाग्यको कुरा हो। यो सेवाले नेपाललाई थाइल्याण्ड लगाएत विश्वका ३० अन्तर्राष्ट्रिय गन्तव्यसँग जोड्नेछ ।  हामीले सन् १९६८ मा नेपालका लागि पहिलो पटक सेवा सुरु गरेदेखि नै हाम्रो यात्रा सांस्कृतिक र आर्थिक आदान प्रदानलाई प्रवर्द्धन गर्ने एउटा माध्यम बनेको छ, र हामी यो महत्त्वपूर्ण सम्बन्ध पुनः सुरु गर्न पाउँदा खुसी छौं।”

    सोसाइटी इन्टरनेशनल ट्राभल सर्भिसेजका एक्जिक्युटिभ चेयरम्यान र आरआर ग्रुप अफ कम्पनीका ग्रुप चेयरम्यान रवि चन्द्र सिंहले भन्नुभयो, “काठमाडौं र बैंककलाई उडान मार्फत जोड्दै हाम्रो सेवाहरू पुनः सुरु गर्न पाउँदा हामी हर्षित छौं। सांस्कृतिक विविधता र प्राकृतिक सौन्दर्य खोज्ने यात्रुहरूका लागि नेपाल सधैं लोकप्रिय गन्तव्य भएको छ। हाम्रो सेवाहरूले नेपाल र थाइल्याण्ड बीच उडान गर्ने यात्रुहरूलाई सहज र रमाइलो यात्रा अनुभवहरू प्रदान गर्नेछ।”

    हाल थाई एयरवेजसँग कूल ७३ विमान छन् जुन औसतमा दैनिक १२.८ घण्टा उडान भर्छन् । थाई एयरवेजले यात्रुहरुलाई विश्वसँग जोड्दै गर्दा लगातार यात्रुहरुको बढ्दो मागलाई सम्वोधन गर्न उडान सञ्चालनको समय तालिका व्यवस्थित गर्छ जसले गर्दा यात्रुहरुले उत्कृष्ट सेवाको लाभ लिन सक्छन्। थाई एयरवेज ले नेपालमा आफ्नो प्रत्यक्ष सेवा पुनः सुरु गरेर दक्षिण एसियाली क्षेत्रमा आफ्नो उपस्थितिलाई अझ बलियो बनाएको छ । थाइ एयरवेज थप नेपाली यात्रुहरूलाई थाई आतिथ्यताको न्यानोपन सहित स्वागत गर्न तत्पर छ ।

    यात्रुहरुको पहिलो रोजाइमा परिरहनको लागि थाइ एयरवेजले यात्रुहरुको सन्तुष्टिमा केन्द्रित भएर विशेष सेवाहरु प्रवाह गर्ने गरेको छ । थाइ एयरवेजका यात्रुहरू ले सिट, समान लगायत आफ्नो आवश्यकता अनुसार थप सेवाहरू खरिद गर्न सक्छन्।

    images

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ