Oct 11 2026 | २०८३, असोज २५गते

images
ताजा अपडेट

images
images
images
images

रेड्मी नोट १३ : १०८ मेगापिक्सेलको बजेट किंग


ग्लोबल पाना
शुक्रबार, जेठ ११ २०८१
  • 310
    SHARES

  • images
    रेड्मी नोट १३ : १०८ मेगापिक्सेलको बजेट किंग

    काठमाडौं । स्मार्टफोन बजार एक खेल मैदान जस्तै हो, जहाँ ठूला कम्पनीहरु र नयाँ खेलाडीहरु सधैं ग्राहकहरुको ध्यान आकर्षित गर्न कोशिस गर्दछन् । यस्तो बद्लिँदो अवस्थामा, रेड्मी नोट १३ सिरिजले किफायती मूल्यहरूमा उत्कृष्ट सुविधाहरू प्रदान गरेर आफ्नो स्थान राख्न सफल भएको छ । यस सिरिजले गत वर्ष जस्तै किफायती मूल्यमा अपग्रेड गरिएका बलियो फिचर सहितका स्मार्टफोनहरु प्रदान गर्ने लक्ष्य राखेको छ । तर के यो केवल अर्को किफायती विकल्प मात्रै हो कि यसले केही विशेष पनि प्रदान गर्दछ ? शाओमीका स्मार्टफोनले हरेक रेन्जमा केही फरक प्रदान गर्दै आएको छ भने   रेड्मी नोट १३ पनि कम छैन ।

    images
    images
    images

    भव्य डिस्प्लेः
    रेड्मी नोट १३ को ७.९७ एमएम मोटाई र  १८८.५ ग्रामको तौलले यसलाई स्लिम र हल्का तौल बनाउन सगाएको छ । यसको मनमोहक ६.६७ इन्च एमोलेड डिस्प्ले, २४०० ह १०८० को रिजोलुसन र स्मुथ १२० हर्जको रिफ्रेस रेटले इमर्सिभ भिजुअलको अनुभवको सुनिश्चित गर्दछ । साथमा रेड्मी नोट १३ आइपी ५४ डस्ट र स्प्ल्याश रेजिस्ट्यान्ससहित उपलब्ध छ ।

    शक्तिशाली स्न्यापड्रागन ६८५ः
    स्न्यापड्रागन ६८५ चिपसेट सहित रेड्मी नोट १३ ले प्रभावकारी पर्फर्मेन्स सुनिश्चित गर्दछ । एन्ड्रोइड १४ र हाइपर ओएस को सहायताले यो डिभाइस निर्बाध रूपमा चल्दछ । प्रयोगकर्ताहरूका लागि ६ वा ८ जिबी र्याम रोज्न र आफ्नो आवश्यकता अनुसार १२८ वा २५६ जिबी स्टोरेज छनौट गर्ने विकल्प उपलब्ध छन् । 

    १०८ मेगापिक्सेल पावरहाउसः
    रेड्मी नोट १३ को प्रभावशाली क्यामेरा सेटअपले उत्साहजनक डिटेल प्रदान गर्दछ । रेड्मी नोट १३ मा २०० एमपीको मुख्य क्यामेरा, ८ एमपी अल्ट्रा-वाइड क्यामेरा र २ एमपीको म्याक्रो क्यामेरा उपलब्ध छन् । साथमा यसको १६ एमपी सेल्फी क्यामेराले सेल्फीहरुमा छुट्टै चमक ल्याउँनेछ ।

    एक्स्ट्रा ब्याकअपः
    रेड्मी नोट १३ ले तपाईंको दिनभरको स्र्माटफोन प्रयोग सुनिश्चित गर्न ५००० एमएच ब्याट्री र ३३ वाटको फास्ट चार्जर प्रदान गर्दछ । साथमा यस डिभाइसमा डुअल स्पिकर, डल्बी एटमस र थप सुरक्षाका लागि इन-स्क्रिन फिंगरप्रिन्ट सेन्सर पनि समावेश छ ।

    images

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ