Oct 12 2026 | २०८३, असोज २६गते

images
ताजा अपडेट

images
images
images
images

ललितपुर चौतारीद्धारा नवनिर्वाचित सांसदलाई सम्मान


ग्लोबल पाना
बिहीबार , मंसिर २९ २०७९
  • 203
    SHARES

  • images
    ललितपुर चौतारीद्धारा नवनिर्वाचित सांसदलाई सम्मान

    ललितपुर । प्रेस चौतारी नेपाल ललितपुरले सो स्थानबाट भर्खरै प्रतिनिधि तथा प्रदेशसभा निर्वाचनमा विजय हासिल गर्न सफल सांसदलाई सम्मान गरेको छ । नेपाल कम्युनिष्ट पार्टी (एमाले) निकट सांसदलाई चौतारीले आज संघ तथा प्रदेश तर्फको निर्वाचनमा विजय प्राप्त गर्न सफल भएको हर्षका साथ सम्मान गरेको हो । चौतारी नेपालका केन्द्रिय अध्यक्ष गणेश बस्नेतले काठमाडौंको तीन उपत्यकामध्येमा ललितपुरले नौ जना सांसद पदका उम्मेदवारमध्ये पाँचलाई सांसद पदमा निर्वाचित गराउनामा विशिष्ट श्रेणी हासिल गर्न सफल भएको भनि प्रशंसा गरे ।

    images
    images
    images

    उनले भने, “यस जिल्ला चौतारी निकटका पत्रकारको ठूलो मेहन्तका कारण ललितपुरका शिर्ष नेताले गौरव गर्न पाउने इतिहास बनेको छ ।” पार्टी अध्यक्ष केपी शर्मा ओली सहितका अन्य शिर्ष नेताले समेत ललितपुरप्रति गर्बको महसुस गर्नुभरहेको बस्नेतको बुझाइ छ । जिल्ला कमिटीका अध्यक्ष पुरुषोतम आचार्यले चौतर्फी घेरबन्दीको बीचमा सो किसिमको नतिजा ल्याउनु सुखद पक्ष रहेको दाबी गरे ।

    उनले भने, “ जिल्लामा गठबन्धन नभएर एक्ला एक्लै लडेको खण्डमा हामीले ललितपुरलाई लालकिल्ला बनाउने निश्चित थियो ।” सो किसिमको अवस्था हुँदाहुँदै पनि नौ सांसद पदका उम्मेदवार मध्येमा पाँचले विजय हासिल गर्नु भनेको पनि निकै सकारात्मक पक्ष रहेको आचार्यले जिकीर गरे । निर्वाचन प्रचार प्रसार उपसमितिका संयोजक गोपाल सञ्जेलले जितमा प्रेस चौतारी ललितपुरका साथीहरुको मुख्य भूमिका देखिएको प्रशंसा गरे । चौतारी ललितपुरका अध्यक्ष बालमुुकुन्द आचार्यले हामी ललितपुरका पत्रकार सार्थीहरुले अहोरात्र निर्वाचनमा मिहनत गरेका कारण सो किसिमको सम्मानजनक मत ल्याउन सफल भएकामा चौतारीका सम्पूर्ण सदस्यलाई मुरी मुरी धन्यवाद ज्ञापन गरे ।

    कार्यक्रममा आज ललितपुर क्षेत्र नं १(१) का सांसद मधुसुदन पौडेल, ललितपुर २ प्रतिनिधि सभाका सांसद प्रेम महर्जन, सो क्षेत्र २ (१) का प्रदेश सभाका सांसद रामेश्वर श्रेष्ठ, ललितपुर ३ (१) प्रदेश सभाका सांसद रघुनाथ महर्जन र सो क्षेत्र नं ३ (२) प्रदेश सभाका सांसद प्रेमभक्त महर्जन र ललितपुरमा प्रदेश सभाबाट समानुपातिक तर्फ विजयी हासिल गर्न सफल सांसद अप्सरा चापागाईँलाई चौतारीले सम्मान गरेको छ । सो अवसरमा आज सांसद सहित चौतारी निकट २२ पत्रकारलाई समेत सम्मान प्रदान गरिएको छ ।

    images

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ