Oct 11 2026 | २०८३, असोज २५गते

images
ताजा अपडेट

images
images
images
images

साधारणसभाबाट महासङ्घको आगामी कार्ययोजना बनाइने : महासचिव पुरी


ग्लोबल पाना
बुधबार, पुस ६ २०७९
  • 223
    SHARES

  • images
    साधारणसभाबाट महासङ्घको आगामी कार्ययोजना बनाइने : महासचिव पुरी

    काठमाडौं । नेपाल पत्रकार महासङ्घको सुर्खेतमा हुने केन्द्रीय साधारणसभाबाट भावी योजना निर्माण गरिने भएको छ । महासङ्घद्वारा यही पुस ८ र ९ गते सुर्खेतमा आयोजना हुने साधारणसभाबाट महासङ्घको आगामी कार्ययोजना बनाइने महासचिव रोशन पुरीले बताए ।

    images
    images
    images

    उनले भने, “सुर्खेतमा सम्पन्न हुने साधारणसभाले महासङ्घको नीतिगत तथा वैधानिक अधिवेशनका रूपमा निणर्य गर्नेछ ।” महासचिवले महासङ्घको साङ्गठनिक नीतिगत प्रतिवेदन, कोषाध्यक्षले पेस गर्ने आर्थिक प्रतिवेदन र लेखा समिति संयोजकले प्रस्तुत गर्ने प्रतिवेदनमाथि बृहत् छलफल हुने उनले जनाए ।

    यो साधारणसभामा महासङ्घका ७७ जिल्ला शाखा, ३९ प्रतिष्ठान शाखा, १२ एशोसिएट शाखा, १० वैदेशिक शाखा र दुई आवासीय शाखा (नेजा र एन्जा)का पदाधिकारी सदस्य गरी सात सय ५० राष्ट्रिय परिषद् सदस्यको सहभागिता हुने उनले बताए । उनका अनुसार साधारणसभा सम्पन्न गर्न आर्थिक दायित्व महासङ्घ केन्द्रीय समितिले लिएको छ ।

    महासङ्घले अधिवेशन सफल पार्नका लागि तीन तहका सरकारसँग आर्थिक सहयोगका लागि अनुरोध गरेको कोषाध्यक्ष कलेन्द्र सेजुवालले बताए । सङ्घीय सरकारले महासङ्घको अधिवेशनका लागि वार्षिक बजेट विनियोजन गर्दै आएको छ । कणर्ाली प्रदेश सरकारले अधिवेशनकै लागि रु १५ लाख बजेट व्यवस्थापन गरेको बताउँदै उनले स्थानीय सरकारको समेत दायित्ववोध हुने भएकाले सुर्खेतस्थित स्थानीय तह र संस्थासँग आर्थिक सहयोगका लागि अनुरोध गरिएको जनाए ।

    राष्ट्रिय परिषद् सदस्यहरूका लागि सुर्खेतका २२ होटल व्यवस्था गरिएको महासङ्घका केन्द्रीय सदस्य दीपेन्द्र शर्माले जानकारी दिए । साधारणसभाको उद्घाटन राष्ट्रपति विद्यादेवी भण्डारीले गर्ने जनाइएको छ ।

    images

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ