Oct 11 2026 | २०८३, असोज २५गते

images
ताजा अपडेट

images
images
images
images

डिजिटल वितीय साक्षरता र साइबर सुरक्षा सचेतना कार्यक्रम सम्पन्न


ग्लोबल पाना
शुक्रबार, असार १४ २०८१
  • 372
    SHARES

  • images
    डिजिटल वितीय साक्षरता र साइबर सुरक्षा सचेतना कार्यक्रम सम्पन्न

    काठमाडौं । नागरिक सरोकार समाजले तारकेश्वर नगरपालिक वडा नं. १० मनमैजुमा नेपाल टेलिकम र एनआइसी एशिया बैंकको सहकार्यमा एक दिने डिजिटल वित्तीय साक्षरता र साइबर सुरक्षा सचेतना कार्यक्रम सम्पन्न गरेकोे छ ।

    images
    images
    images

    बिहीबार भएको कार्यक्रमको प्रमुखक अतिथि नेपाल राष्ट बैंकका पूर्व गभर्नर चिरञ्जीवी नेपाल हुनु हुन्थ्योे । उहाँले कार्यक्रममा मन्तब्य राख्दै कमाएर मात्रै नहुने बचत गरेर लगानी गर्न सिक्नु पर्ने धारणा राख्नु भएको थियो । साथै कर्जा लिएकाहरुले कर्जा र्तिदिन भन्नु र राज्य त्यसको नेतृत्व गरेर खुल्मखुला हिडिरहेकाहरुका विरुद्ध खरो रुपमा उत्रन नसक्दा अर्थतन्त्र र वैंक तथा वित्तीय क्षेत्र नै अप्ठेरोमा पर्न थालेको बताउनु भयो ।

    अतिथिमा नेपाल राष्ट्र बैंकका पूर्व सञ्चालक रामजी रेग्मी र वडा नं. १० का जनप्रतिनिधीहरु रहनु भएको थियो । कार्यक्रममा एक सय साठी जनाको सहभागिता रहेको थियो ।

    कार्यक्रममा प्रशिक्षक अचुत कुमार ओझाले साइबर सुरक्षा, वशिष्ठ अधिकारीले वित्तीय साक्षरता र ग्राहक संरक्षण एवं गणेश पन्थले आधुनिक बैकको बारेमा प्रशिक्षण दिनु भएको थियो ।कार्यक्रम संस्था क‍ा अध्यक्ष चन्द्रमणि अधिकारीको सभापतित्वमा भएको थियो । कार्यक्रमको सञ्चालन संस्थाका महासचिव माधव तिमल्सीनाले गर्नु भएको थियो भने स्वागत मन्तव्य सचिव अचुत ओझाले राख्नु भएको थियो । कार्यक्रममा सहभागीहरुलाई संस्थाले प्रमाणपत्र प्रदान गरेको थियो ।

    images

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ