Oct 11 2026 | २०८३, असोज २५गते

images
ताजा अपडेट

images
images
images
images

सन्दीपको पुनरावेदन मुद्दामा सुनुवाइ आज, धरौटीमा छुट्ने सम्भावना कति ?


ग्लोबल पाना
बिहीबार , पुस ७ २०७९
  • 244
    SHARES

  • images
    सन्दीपको पुनरावेदन मुद्दामा सुनुवाइ आज, धरौटीमा छुट्ने सम्भावना कति ?

    काठमाण्डौ । जिल्ला अदातल काठमाण्डौको आदेशविरुद्ध सन्दीप लामिछानेले गरेको पुनरावेदनको आज सुनुवाई हुँदैछ । लामिछानेले आफूलाई पुर्पक्षका लागि थुनामा पठाउने अदालतको आदेशविरुद्ध मंसिर २९ गते पुनरावेदनका लागि निवेदन हालेका थिए । सो पुनरावेदन मुद्दाको सुनुवाइ आज हुने सन्दीपका कानुन व्यवसायी सरोज घिमिरेले जानकारी दिए । यसअघि धरौटी वा साधारण तारेखमा छाड्न अस्वीकार गर्दै अदालतले सन्दीपलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश गरेको थियो । हाल केन्द्रीय कारागार सुन्धारामा रहेका सन्दीप थुनामुक्त हुनुपर्ने माग उनका कानुन व्यवसायीले राखेका छन् ।

    images
    images
    images

    सन्दीपलाई १७ वर्षीया किशोरीले बलात्कारको आरोप लगाएकी थिइन् । सन्दीपले भने इन्कारी बयान दिँदै आएका छन् । अर्कोतर्फ आरोप लगाउने किशोरीको उमेर १८ वर्षभन्दा बढी रहेको तर्क सन्दीपका कानून व्यवसायीको छ । आरोप लगाउने किशोरीले जन्म दर्ता सच्याउँदै प्रतिलिपि जन्म दर्ता बनाएर उमेर घटाउँदै नागरिकता बनाएको दाबी उनीहरूले गर्दै आएका थिए । यसैबिच पीडितलाई जन्म दर्ता जारी गर्ने नुवाकोटको एक गाउँपालिकाले २०७५ सालमा बनाइएको जन्म दर्तामा उनको जन्ममिती २०६१ असार १८ गते रहेको पत्र काठमाडौं जिल्ला अदालतलाई पठाएको बताइएको छ ।

    अनुसूची फारम र बसाइसराइमा समेत जन्ममिती त्यही रहेको उक्त गाउँपालिकाले पत्र पठाएको छ । उक्त गाउँपालिकाले २०७९ असारमा पीडितले उमेर घटाउँदै २०६२ जेठ १८ गते जन्मिएको जन्म दर्ताको प्रतिलिपि निकालेको पनि पत्रमा उल्लेख गरेको छ । पीडित भनिएकी किशोरीको सोही २ वटा जन्मदर्ताको कागज बोकेर कानुन व्यवसायी उच्च अदालत गएका हुन् । साथै जबरजस्ती करणी वा सहमतिमै भए पनि केही नगरिएको जिकिर गरिएको छ। त्यही जन्म दर्ताको प्रमाणले सन्दीपलाई जेलमुक्त पार्न सक्ने सन्दीपका कानुन व्यवसायीको आशा छ। आजकै पेशीमा सन्दीप संभवत धरौटीमा छुट्न सक्ने वा जिल्ला अदालतकै आदेश सदर गरेर जेलमै रहने भन्ने आदेश टुङ्गो लाग्न सक्छ। पिएलए खबर

    images

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ