Oct 11 2026 | २०८३, असोज २५गते

images
ताजा अपडेट

images
images
images
images

सुपर मादीको आइपीओमा आवेदन दिने अन्तिम दिन आज


ग्लोबल पाना
बिहीबार , पुस ७ २०७९
  • 216
    SHARES

  • images
    सुपर मादीको आइपीओमा आवेदन दिने अन्तिम दिन आज

    काठमाण्डौ । सुपर मादी हाइड्रोपावरको आइपीओमा आवेदन दिने आज अन्तिम दिन रहेको छ। आइपीओमा आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दाहरूले पुस ७ गते बिहीबार कार्यालय समयभित्र यसमा आवेदन दिन सक्नेछन्। हाइड्रोपावरले मंसिर २० गतेदेखि आयोजना प्रभावित क्षेत्रका स्थानीयहरु र वैदेशिक रोजगारीमा रहेका नेपालीहरूको लागि आइपीओ बिक्री खुला गरेको हो। वैदेशिक रोजगारीमा रहेका नेपालीहरू बाट भने पुस ५ गतेपछि आवेदन लिन बन्द गरिएको थियो।

    images
    images
    images

    कम्पनीले ३१ लाख ५० हजार कित्ता साधारण सेयर स्थानीयलाई बिक्री खुला गरेको हो। सोमध्ये आयोजना अति प्रभावित क्षेत्र कास्की जिल्लाको मादी गाउँपालिकाको वडा नं. १ र २ का स्थानीय बासिन्दाहरुको लागि ३ लाख १५ हजार कित्ता छुट्याएको छ। त्यस्तै, आयोजना प्रभावित क्षेत्र कास्की जिल्लाको मादी गाउँपालिकाका अन्य वडा नं ३, ४, ५, ६, ७, ८, ९, १०, ११ र १२ तथा पोखरा महानगरपालिका वडा नं. २६, २७ र २८ का स्थानीय बासिन्दाहरुले ७ लाख ३५ हजार कित्तामा आवेदन दिन सक्नेछन्।

    कम्पनीलाई इक्रा नेपालले वित्तीय दायित्व बहन गर्ने क्षमतामा मध्यम जोखिम रहेको संकेत गर्ने ‘इक्राएनपी आइआर डबल बी’ रेटिङ प्रदान गरेको छ । यसमा बिक्री प्रबन्धकको काम सानिमा क्यापिटल लिमिटेडले गरेको छ। आयोजना प्रभावित क्षेत्रका बासिन्दाहरुले एनसीसी बैंक, कुमारी बैंक, माछापुच्छ्रे बैंक, सानिमा बैंकका तोकिएका शाखा कार्यालय र आयोजना स्थलबाट आवेदन दिन सक्नेछन्।

    images

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ