Oct 12 2026 | २०८३, असोज २६गते

images
ताजा अपडेट

images
images
images
images

अन्तर्राष्ट्रिय जुत्ताचप्पल औद्योगिक प्रदर्शनी हुने


ग्लोबल पाना
शनिबार, पुस ९ २०७९
  • 209
    SHARES

  • images
    अन्तर्राष्ट्रिय जुत्ताचप्पल औद्योगिक प्रदर्शनी हुने

    काठमाडौं । काठमाडौँमा ‘अन्तर्राष्ट्रिय जुत्ताचप्पल औद्योगिक प्रदर्शनी’ हुने भएको छ । जुत्ता उत्पादक सङ्घ नेपालको आयोजनामा यही पुस २१ देखि २३ गतेसम्म उक्त प्रदर्शनी हुन लागेको हो । स्वदेशी र विदेशी उद्योगी तथा व्यवसायीबीच परस्पर व्यवसाय प्रवद्र्धन गर्ने उदेश्यले नेपालमा पहिलोपटक ‘गोल्डस्टार १६औँ अन्तर्राष्ट्रिय जुत्ताचप्पल औद्योगिक प्रदर्शनी-२०७९ हुन लागेको हो । स्वदेशी उत्पादनलाई अन्तर्राष्ट्रिय बजारसम्म जोड्ने मुख्य उदेश्यले प्रदर्शनी गर्न लागिएको सङ्घका अध्यक्ष नानीराज घिमिरेले जानकारी दिए । नेपालमा उत्पादन भएका जुत्ताचप्पललाई विश्व बजारमा पुर्‍याउन प्रदर्शनीबाट सहयोग पुग्ने उनको भनाइ छ ।

    images
    images
    images

    अन्तर्राष्ट्रियस्तरको जुत्ताचप्पल मेलाले विदेशमासमेत नेपाली उत्पादन निर्यात गर्न सहज हुने अध्यक्ष घिमिरेले बताए । स्वदेशमा उत्पादित जुत्ताचप्पललाई अन्तर्राष्ट्रिय बजारसम्म पुर्‍याउन आवश्यक रहेको उल्लेख गर्दै उहाँले मेलाको ९० प्रतिशत काम सम्पन्न भइसकेको बताए । सङ्घका उपाध्यक्ष एवं मेलाका संयोजक सुरज बञ्जाडेले राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरका कच्चापदार्थ, मेशीनरी सप्लायर्स र क्रेता मेलामा सहभागी हुने बताए । “मेलाबाट जुत्ताचप्पलको व्यापार प्रवद्र्धनमा सहयोग पुग्नेछ”, उनले भने । प्रदर्शनीमा नेपालभरका जुत्ताचप्पल व्यवसायसँग सम्बधित उद्योगीका लागि कक्ष बुकिङ खुला गरिएको छ । तीन दिनसम्म चल्ने उक्त मेलाको राष्ट्रपति विद्यादेवी भण्डारीले उद्घाटन गर्ने कार्यक्रम तय भएको छ । थोक तथा खद्रा व्यवसायीलेसमेत प्रदर्शनीको अवलोकन गर्न सक्नेछन् ।

    images

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ