Oct 11 2026 | २०८३, असोज २५गते

images
ताजा अपडेट

images
images
images
images

आजै नै सानाे आकारकाे मन्त्रिपरिषद गठन गर्ने तयारी


ग्लोबल पाना
सोमबार, पुस ११ २०७९
  • 217
    SHARES

  • images
    आजै  नै सानाे आकारकाे मन्त्रिपरिषद गठन गर्ने तयारी

    काठमाण्डौ । प्रचण्डलाई प्रधानमन्त्रीको रूपमा समर्थन गर्ने गठबन्धनको बैठक सोमबार बिहान बस्दैछ। बैठक संसद भवन नयाँबानेश्वरमा आज बिहान ११ बजे बस्ने छ। बैठकमा सानो आकारको मन्त्रिपरिषद आजै गठन गरिने विशेष स्रोतले जनाएको छ।

    images
    images
    images

    पाँच दलीय गठबन्धन टुक्रियसँगै सरकार गठनका लागि एमालेसहितको नयाँ गठबन्धन बनेको हो। नेकपा माओवादी केन्द्रको पदाधिकारी बैठक जारी छ। पदाधिकारी बैठकमा सरकारमा जाने मन्त्रीहरूको विषयमा छलफल भइरहेको छ। यसैगरी, नेकपा एमाले पनि सरकारमा जाने मन्त्रीहरूको नाम टुंगो लगाउन आन्तरिक छलफलमा छ।

    नवनियुक्त प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आज नै शपथ ग्रहण गर्दैछन्। राष्ट्रपति कार्यालय स्रोतका अनुसार आज अपराह्न ४ बजे उनको शपथ तय गरिएको छ। राष्ट्रपति विद्यादेवी भण्डारीले आइतबार संविधानको धारा ७६ (२) बमोजिम प्रचण्डलाई प्रधानमन्त्रीमा नियुक्त गरेकी हुन्।

    images

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ