Oct 11 2026 | २०८३, असोज २५गते

images
ताजा अपडेट

images
images
images
images

तिन उपप्रधानमन्त्रीसहित ८ सदस्यीय मन्त्रिपरिषद् गठन


ग्लोबल पाना
सोमबार, पुस ११ २०७९
  • 327
    SHARES

  • images
    तिन  उपप्रधानमन्त्रीसहित ८ सदस्यीय मन्त्रिपरिषद् गठन

    काठमाण्डौ - नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको गठबन्धन सरकार आठ सदस्यीय बनेको छ। प्रधानमन्त्री प्रचण्ड नेतृत्वको गठबन्धन सरकारमा एमाले उपाध्यक्ष विष्णु पौडेल उपप्रधानसहित अर्थमन्त्री बनेका छन्।

    images
    images
    images

    उनलाई सरकारमा दोस्रो वरीयता मिलेको छ। त्यस्तै नेकपा माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ उपप्रधानसहित भौतिक योजना तथा निर्माणमन्त्री बनेका छन्। उनी मन्त्रिपरिषद्मा तेस्रो वरीयतामा रहनेछन्। राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने उपप्रधानसहित गृहमन्त्री बनेका छन्। उनले मन्त्रिपरिषद्मा चौथो वरीयता पाएका छन्।

    त्यसैगरी प्रचण्ड नेतृत्वको मन्त्रिपरिषद्मा एमालेबाट बारा क्षेत्र नम्बर ३ बाट निर्वाचित सांसद ज्वालाकुमारी साह, बैतडीका सांसद दामोदार भण्डारी र धनकुटाका सांसद राजेन्द्रकुमार राई पनि मन्त्री बनेका छन्। त्यस्तै डा. सीके राउत नेतृत्वको जनमत पार्टीबाट समानुपातिक सांसद अब्दुल खानले पनि मन्त्रीको जिम्मेवारी पाएका छन्।

    उनले उद्योग मन्त्रालय लिने सहमति भएको छ। तर तीन उपप्रधानमन्त्रीबाहेक अरु चार मन्त्रीले विनाविभागीय मन्त्रीका रुपमा शपथ लिएका छन्। सात दलीय गठबन्धनले अबको केही दिनमा थप मन्त्रालयमा मन्त्री नियुक्त गर्ने तयारी गरेको छ।

    images

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ