Oct 11 2026 | २०८३, असोज २५गते

images
ताजा अपडेट

images
images
images
images

सत्ता परिवर्तन भएसँगै सेयर बजारमा हरियाली, बढ्यो ५६.८६ अंकले नेप्से


ग्लोबल पाना
सोमबार, पुस ११ २०७९
  • 394
    SHARES

  • images
    सत्ता परिवर्तन भएसँगै सेयर बजारमा हरियाली, बढ्यो  ५६.८६ अंकले नेप्से

    काठमाडौं । सत्ता परिवर्तन भएसँगै सेयर बजारमा हरियाली छाएको छ। सत्तामा माओबादीका अध्यक्ष पुष्प कमल दाहाल (प्रचण्ड) प्रधान मन्त्री भएसँगै सेयर बजार ५६.८६ अंकले बढेको छ। आज शेयर कारोबार मापक नेप्से परिसूचक ५६.८६ अंकले बढेर १९२४.०७ बिन्दुमा पुगेको छ।

    images
    images
    images

    यस्तै, ठूला कम्पनीको शेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक ८.३८ अङ्कले बढेर ३७५.४४ मा पुगेको छ। नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा कूल २५० कम्पनीको ५६ लाख ५३ हजार ०५३ कित्ता सेयर खरिद बिक्री हुँदा २ अर्ब ९ करोड ७० लाख रुपैयाँमाथिको सेयर कारोबार भएको छ।

    त्यस्तै, कारोबारको आधारमा नेपाल दूरसंचार कम्पनी अग्रिम स्थानमा छ। यसको आज २० करोड ८८ लाखभन्दा बढीको कारोबार भएको छ। त्यस्तै दोस्रोमा हिमालयन डिस्टिलरी र तेस्रोमा नबिल बैंकको कारोबार भएको छ। सोमबारको कारोबारमा १३ वटा उपसुचकमा अन्य उपसुचकबाहेक बाँकी सबै उपसूचक बढेको छ।

    आजको कारोबारमा गोर्खाज फाइनान्स र धौलागिरी लघुवित्तका लगानीकर्ताले अत्याधिक कमाएका छन्। भने, नेपाल दूरसंचार कम्पनी र सीवाईसी नेपाल लघुवित्तका लगानीकर्ताले अत्यधिक गुमाएका छन्।

    images

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ