Oct 11 2026 | २०८३, असोज २५गते

images
ताजा अपडेट

images
images
images
images

यामाहाले ल्यायो अहिलेसम्मकै भव्य दशैं तिहार अफर “बिगेस्ट १०शैं”


ग्लोबल पाना
मंगलबार, भदौ १८ २०८१
  • 352
    SHARES

  • images
    यामाहाले ल्यायो अहिलेसम्मकै भव्य दशैं तिहार अफर “बिगेस्ट १०शैं”

    काठमाडौं । नेपालका लागि यामाहा मोटरसाइकल तथा स्कुटरहरूको आधिकारिक बिक्रेता एमएडब्लू राइद्सले यसपालीको दशैं, तिहार र छठजस्ता चाडपर्वलाई मध्यनजर गरी नयाँ ग्राहक योजना ल्याएको छ। “बिगेस्ट १०शैं” नामक यस योजना अन्तर्गत अफर अवधिभर यामाहाका मोटरसाइकल र स्कुटर खरिद गर्ने भाग्यशाली ग्राहकहरूले दश लाख रुपैयाँसम्मको हात खाली नजाने स्योरशट क्याशब्याक उपहार प्राप्त गर्नु हुनेछ।

    images
    images
    images

    “नेपालीहरूको महान चाड दशैंलाई हामी बडादशैं पनि भन्छौं। बडादशैंलाई नामजस्तै भव्य र ठूलो बनाउने सोच अनुसार नै हामीले यो अफर ल्याएका हौँ। यामाहाका बाइक र स्कुटरहरू किन्दा अधिकतम दश लाखसम्म नगद फिर्ता हुने र कसैको पनि हात खाली नजाने भएकाले हाम्रा ग्राहकहरूले यसपालीको दशैं अहिलेसम्मकै ठूलो र भव्य महशुस गर्ने हाम्रो विश्वास छ।” यामाहा नेपालका सीईओ श्री संजीव शुक्लाले भन्नु भयो। यसका साथै यामाहाको स्टाइल, स्पोर्टिनेस र एक्साइटमेन्टले भरिपूर्ण एफ जेड भी थ्री बाइकहरूमा दश वर्षको वारेन्टी पनि जारी गरेको छ।

    यामाहाले अन-द-स्पट एक्सचेन्जको सुविधा पनि दिनेछ भने आफ्ना ग्राहकहरूका लागि शुन्य ब्याजदरमा ई.एम.आई. र इजी फाइनान्सको सुविधा पनि प्रदान गर्नेछ। एफआई प्रविधि, रिसेल भ्यालु र पर्फर्मेन्समा उत्कृष्ट अनि दिगोपनामा सर्वोत्कृष्ट यामाहा बाइक र स्कुटरहरूसँगै यसपालिको दशैं साँच्चै नै बिगेस्ट दशैं हुने अपेक्षा गरिएको छ। नेपाली बजारमा उच्चगुणस्तरीय, भरपर्दो र स्टाइलिस दुई पाङ्ग्रे सवारी साधनहरू उपलब्ध गराउन समर्पित यामाहा नेपाल एमएडब्लु राइद्सको गौरवशाली सहायक कम्पनी हो।

    दशकौं अघि स्थापित यामाहाले मोटरसाइकल उद्योगमा विश्वव्यापी अग्रणीको रूपमा आफूलाई स्थापित गरेको छ। आफ्नो इन्जिनियरिङ उत्कृष्टता, इनोभेसन र ग्राहक सन्तुष्टिप्रति अटल प्रतिबद्धताका लागि यामाहा प्रसिद्ध छ। नेपालमा एफवान मोटरसाइकल र स्कुटर ल्याउने पहिलो कम्पनी यामाहा नेपाल नेपालको दोस्रो ठूलो अटोमोबाइल कम्पनी पनि हो। यसका नेपालभर सयवटा भन्दा बढी आधिकारिक डिलर आउटलेटहरू रहेका छन्।

    images

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ