Oct 11 2026 | २०८३, असोज २५गते

images
ताजा अपडेट

images
images
images
images

सेन्चुरी बैंकको ३१.८५ करोड खुद मुनाफा


ग्लोबल पाना
बिहीबार , पुस १४ २०७९
  • 318
    SHARES

  • images
    सेन्चुरी बैंकको ३१.८५ करोड खुद मुनाफा

    काठमाडौं । आज सेञ्चुरी कमर्सियल बैंक लिमिटेडको बाह्रौ वार्षिक साधारण सभा सम्पन्न भएको छ । वार्षिक साधारण सभा बैंकको अध्यक्ष राजेश कुमार श्रेष्ठको अध्यक्षतामा आर्मी अफिसर्स क्लब, भद्रकाली काठमाण्डौंमा सम्पन्न भएको हो । साधारण सभाले शेयरधनीहरुलाई आ.व. २०७८/७९ को मुनाफाबाट चुक्ता पुँजी रकम रु. ९,५५,३९,०९,१९८.८९ को ४.७५ प्रतिशत बोनश शेयर र ०.२५ प्रतिशत नगद लाभांश (कर प्रयोजनको लागि) वितरण गर्ने प्रस्ताव पारित गरेको छ ।

    images
    images
    images

    साधारण सभाले लेखापरीक्षकको प्रतिवेदन सहित आर्थिक वर्ष २०७८/७९ को वित्तीय अवस्थाको विवरण, नाफा नोक्सान विवरण, नगद प्रवाह विवरण तथा सो सम्बन्धी अनुसूचि पारित गरेको छ । यस साधारण सभाले सेञ्चुरी कमर्सियल बैंक लिमिटेडलाई प्रभु बैंक लिमिटेडले प्राप्ति गर्ने सम्बन्धी विशेष प्रस्ताव समेत पारित गरेको छ ।

    चालु आवको असोज मसान्तसम्म यस बैंकले कुल निक्षेप रु. ९७.२९ अर्व र कर्जा रकम रु. ८७.४५ अर्व परिचालन गरी रु. ३१.८५ करोड खुद मुनाफा आर्जन गर्न सफल भएको छ ।

    images

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ