Oct 11 2026 | २०८३, असोज २५गते

images
ताजा अपडेट

images
images
images
images

धादिङको हुलाकडाँडामा भएको दुर्घटनामा २२ जना घाइते


ग्लोबल पाना
शनिबार, पुस १६ २०७९
  • 258
    SHARES

  • images
    धादिङको हुलाकडाँडामा भएको दुर्घटनामा २२ जना घाइते

    धादिङ । धादिङको थाक्रे गाउँपालिका-२ हुलाकडाडाँमा आज भएको सवारी दुर्घटनामा २२ जना घाइते भएका छन् । काठमाडौँबाट गोरखातर्फ जाँदै गरेको बा३ख ६१६४ नंको हाइस र विपरीत दिशाबाट आउँदै गरेको बा४ख ११८७ नंको हायस एकआपसमा ठोक्किएर भएको दुर्घटनामा २२ जना घाइते भएको र सबै घाइतेको थाक्रे पोलिक्लिनिक र अन्य अस्पतालमा उपचारपछि थप उपचारका लागि काठमाडौँ पठाइएको छ ।

    images
    images
    images

    घाइतेमध्ये थाक्रे पोलिक्लिनिकमा सात, अन्नपूर्ण न्यूरो अस्पताल काठमाडौँमा तीन, ट्रमा सेन्टर काठमाडौँमा आठ, मेडिसिटी अस्पतालमा दुई, शुभेक्षा अस्पतालमा दुई जनाको उपचार भइरहेको जिल्ला प्रहरी कार्यालयमा प्रहरी नायब उपरीक्षक तथा सूचना अधिकारी श्यामबहादुर खत्रीले जानकारी दिए । बा३ख ६१६४ नंका चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ भने अर्का चालक भने फरार भएको प्रहरीले जानकारी दिएको छ ।

    दोलखा जिरी निवासी ३५ वर्षीया मञ्जुमाया कार्कीको अवस्था गम्भीर भएकाले मेडिसिटी अस्पतालमा उपचार भइरहेको छ । मध्यम किसिमका घाइते भएका पाँच जना छन् भने अन्य सबैको अवस्था सामान्य रहेको प्रहरीको भनाइ छ ।

    images

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ