Oct 11 2026 | २०८३, असोज २५गते

images
ताजा अपडेट

images
images
images
images

रुकुमपूर्वमा कृषि मेला तथा प्रदर्शनी कार्यक्रम


ग्लोबल पाना
शनिबार, पुस १६ २०७९
  • 220
    SHARES

  • images
    रुकुमपूर्वमा कृषि मेला तथा प्रदर्शनी कार्यक्रम

    रुकुम । रुकुमपूर्वमा कृषि मेला तथा प्रदर्शनी समपन्न भएको छ । ‘कृषि पर्यटन उद्योगमा विस्तार, समृद्ध रुकुमूर्वको मूल आधार’ भन्ने नाराका साथ जिल्लामा हिजो र आज दुई दिन सिस्ने गाउँपालिका-६ रुकुमकोटमा जिल्लास्तरीय कृषि मेला तथा प्रदर्शनी कार्यक्रम गरिएको हो । जिल्लाको एकीकृत कृषि तथा पशुपन्क्षी विकास कार्यालय, घरेलु तथा साना उद्योग कार्यालय, हुरेड कार्स नेपाल, युएमएन र मिक नेपालले संयुक्तरूपमा कृषि उत्पादकत्व वृद्धिका लागि कृषि मेला तथा प्रदर्शनी कार्यक्रम आयोजना गरिएको हो ।

    images
    images
    images

    जिल्लामा अधिकांश व्यक्ति कृषिमा आत्मनिर्भर रहे पनि सोचेअनुसारको कृषि उत्पादन भइरहेको छैन । कृषिको उत्पादकत्व वृद्धि गर्नका लागि जिल्लास्थित कृषकबीच प्रतिस्पर्धाका लागि कृषि मेला तथा प्रदर्शनी कार्यक्रम गरिएको एकीकृत कृषि तथा पशुपक्षी विकास कार्यालयका प्रमुख पिताम्बर बस्नेतले बताए । हरेक वर्ष एकपटकको कृषि मेला तथा प्रदर्शनी कार्यक्रमले कृषकमा कृषि उत्पादनका लागि ऊर्जा दिइरहेको बस्नेतले बताए । कृषि मेला गर्दा राम्रो उत्पादन गर्ने कृषकलाई नगदसहित प्रमाणपत्रले पुरस्कृत गर्ने गरिएको छ ।

    कृषि कार्यालयमार्फत् उत्कृृष्ट कृषक पुरस्कृत हुने भएकाले कृषकले कृषि उत्पादकत्व वृद्धि गर्न प्रेरणा मिल्ने गरेको मेलामा भाग लिएका कृषकले बताएका छन् । कृषि उत्पादन गरेर जिल्लालाई कृषिमा आत्मनिर्भर गर्नका निम्ति जिल्लास्थित सरकारी कार्यालय लाग्नुपर्नेसमेत कार्यक्रममा सहभागीको भनाइ छ । विगतमा कृषकले आफूलाई पुग्नेसम्मको मात्र उत्पादन गर्ने गरेकामा हाल भने उक्त प्रचलन विस्थापित हुँदै आएको जिल्ला समन्वय समितिका प्रमुख मेघबहादुर श्रेष्ठले बताए । अहिले नयाँ कृषि प्रविधिअनुसारको कृषि पेसा आधुनिकीकरणतर्फ अघि बढिरहेको श्रेष्ठले बताए । यद्यपि हाल जिल्लामा बजारीकरण हुँदै गइरहेको सँगै कृषि उत्पादन बजारमा खपट धैरै भइरहेको उनको भनाइ छ ।

    उत्कृष्ट कृषक पुरस्कृत कृषि मेलामा भाग लिएका साढे तीन सय जना कृषकमध्ये एक सय १२ जना कृषक पुरस्कृत भएका छन् । कृषि मेलामा कृषकले पशुपन्क्षी, फलफूल, तेलहन, दलहन, नगदेबालीअन्तर्गत पर्ने विभिन्न विधाका कृषि उपज प्रदर्शनी गर्न आएका थिए । जसमा प्रथम हुनेलाई दुई हजार, दोस्रोलाई एक हजार पाँच सय, तेस्रोलाई एक हजार र सान्त्वनालाई सात सय नगदसहित प्रमाणपत्रले पुरस्कृत गरिएको एकीकृत कृषि तथा पशुपक्षी विकास कार्यालयका सूचना अधिकारी थलराज बस्नेतले जानकारी दिए ।

    images

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ