Oct 11 2026 | २०८३, असोज २५गते

images
ताजा अपडेट

images
images
images
images

श्रीलाभ सहकारीको सेयर पूँजी ३ करोड भन्दा बढी


ग्लोबल पाना
शनिबार, पुस १६ २०७९
  • 273
    SHARES

  • images
    श्रीलाभ सहकारीको सेयर पूँजी ३ करोड भन्दा बढी

    काठमाडौं । श्रीलाभ बचत तथा ऋण सहकारी संस्थाले गत आर्थिक वर्ष २०७८/७९ मा रु तीन करोड ११ लाख ५४ हजार दुई सय सेयर पूँजी पुर्‍याएको छ । संस्थाको आज सम्पन्न ११ औँ वार्षिक साधारणसभामा संस्थाका अध्यक्ष ओमप्रसाद उप्रेतीले गत आवमा रु ३६ लाख २७ हजार सेयर पूँजी वृद्धि गरेको जानकारी दिए । संस्थाले रु १५ करोड ४५ लाख ६२ हजार ४२ बचत गरी रु १७ करोड ५० लाख ८८ हजार पाँच सय ६६ ऋण लगानी गरेको छ ।

    images
    images
    images

    गत वर्षको तुलनामा रु ५२ लाख ९६ हजारले घटेको छ भने ऋण लगानी रु ५६ लाख ४० हजारले बढाएको छ । सहकारीको कूल सम्पत्ति गत वर्षको तुलनामा रु ४७ लाख ५२ हजारले बढेर रु २४ करोड ८३ लाख ९२ हजार पुगेको छ । सहकारीका छ सय ७१ शेयर सदस्यमध्ये पाँच सय २९ पुरुष र एक सय ४२ महिला सदस्य रहेका छन् । सहकारीले आर्थिक वर्ष २०७८/७९ मा सरकारलाई रु १६ लाख ४३ हजार आठ सय ६५ कर बुझाएको छ ।

    संस्थाको जगेडा कोषमा रु दुई करोड पाँच लाख जम्मा गरेको छ भने ऋण नोक्सानी कोषमा रु एक करोड ४० लाख जम्मा गरेको जनाएको छ । संस्थाले सहकारी शिक्षा तथा तालिम कोष स्थापान गरी खूद नाफाको १० प्रतिशत रकम जम्मा गर्दै आएको छ । कार्यक्रममा कोषाध्यक्ष छविलाल तिमिल्सिना र लेखा समिति संयोजक जगन्नाथ खनालले आ-आफ्नो प्रतिवेदन प्रस्तुत गरेका थिए । कामनपा-२२ महाबौद्धमा सहकारीले आफ्नै भवन निर्माण गरी गत असार २९ गतेदेखि सेवा शुरु गरेको अध्यक्ष उप्रेतीले जानकारी दिए ।

    कार्यक्रमका प्रमुख अतिथि पूर्व शिक्षामन्त्री एवं सांसद कृष्णगोपाल श्रेष्ठले उत्कृष्ट कारोबार गर्ने शेयर सदस्य शर्मिला सुवेदी, जीवनाथ उप्रेती ज्येष्ठ सदस्य कृष्णप्रसाद खरेल र विष्णु कार्कीलाई सम्मान गरे ।

    images

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ