Oct 11 2026 | २०८३, असोज २५गते

images
ताजा अपडेट

images
images
images
images

सांसद राउतद्धारा गृहमन्त्री रबिलाई फोन, उजुरी लिन नमान्ने प्रहरीलाई के गर्ने ?


ग्लोबल पाना
आइतबार, पुस १७ २०७९
  • 325
    SHARES

  • images
    सांसद राउतद्धारा गृहमन्त्री रबिलाई फोन, उजुरी लिन नमान्ने प्रहरीलाई के गर्ने ?

    काठमाडौं । प्रतिनिधि सभा सदस्य एवं जनमत पार्टीका अध्यक्ष सीके राउतले गृहमन्त्री रवि लामिछानेलाई फोन गरेर विभिन्न घटनाबारे उजुरी नै लिन नमान्ने प्रहरी अधिकारीहरूबारे जानकारी गराएका छन् । आफूले सञ्चालन गरेको संसदीय जनसम्पर्क कार्यालयमा आएका समस्याहरूमा आधारित रहेर राउतले गृहमन्त्री लामिछानेलाई टेलिफोन गरेर जानकारी गराएको बताए ।

    images
    images
    images

    महिला हिंसामा परेकी एक जना महिला उजुरी बोकेर प्रहरी कार्यालय पुग्दा पनि प्रहरीले उजुरी नलिएको उल्लेख गर्दै राउतले भनेका छन्, ‘हिजो आफ्नो क्षेत्रका गुनासो सुन्ने क्रममा सप्तरीमा महिला हिंसा र यातनाको दर बढ्दो रहेको पाएँ । त्यतिमात्र होइन पीडित महिला (कपाल खौरिदिएको अवस्था) मा प्रहरीकहाँ हिम्मत गरेर जाँदा पनि प्रहरीले उजुरी लिन नमानेको विषय उठेकाले गृहमन्त्रीज्यूलाई सोको बारे फोनमा अवगत गराएको हुँ ।’

    राउतले मतदाताले आफ्नो समस्याबारे जानकारी गराउन सांसद खोज्दै भौतारिनु नपरोस् भनेर राजविराजस्थित कुनौली मोडमा संसदीय जनसम्पर्क कार्यालय सञ्चालनमा ल्याइरहेका छन् । डा. राउत जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवलाई पराजित गरी प्रतिनिधि सभा सदस्य निर्वाचित भएका हुन् ।

    images

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ