Oct 11 2026 | २०८३, असोज २५गते

images
ताजा अपडेट

images
images
images
images

पुसको चिसोमा पनि वाग्मती सफाइ महाअभियान जारी


ग्लोबल पाना
आइतबार, पुस १७ २०७९
  • 212
    SHARES

  • images
    पुसको चिसोमा पनि वाग्मती सफाइ महाअभियान जारी

    काठमाडौं । सफाइ जागरण फैल्याउन महत्वपूर्ण योगदान गरेको वाग्मती सफाइ महाअभियान पछिल्लो समय औपचारिकतामा सीमित हुन थालेको छ । महाअभियानले उठाउँदै आएको वाग्मती सुधारका काममा उल्लेख्य प्रगति हुन नसकेको जनाइएको छ । महाअभियानले ५०० हप्ता पूरा गर्दा अभियानले पहिले राख्दै आएका माग भने छोड्न थालेजस्तो देखिएको अभियानकर्मीले नै गुनासो गर्न थालेका छन् ।

    images
    images
    images

    पुसको चिसोमा पनि जारी सफाइ महाअभियानको ५०३ औँ हप्ताको कार्यक्रम शनिबार गौरीघाटमा जारी रह्यो । सफाइबाट नकुहिने एक मेट्रिक टन फोहर व्यवस्थापन गरिएको अभियानकर्मी किशोरसिंह शाहीले जानकारी दिए । सफाइमा अधिकार सम्पन्न वाग्मती सभ्यता एकीकृत विकास समितिका अध्यक्ष उद्धवप्रसाद तिमिल्सिना, प्रमुख अभियानकर्मी लीलामणि पौडेल, स्थानीयवासी, काठमाडौँ महानगरपालिका वातावरण विभाग, अधिकार सप्पन्न वाग्मती समितिका कर्मचारी, सामुदायिक प्रहरी चावहिल, बालसारथी, विभिन्न क्याम्पसका विद्यार्थी, वाग्मती फोहर उन्मुलन उपभोक्ता समिति, तिलगङ्गा महिला समुहको सक्रियता रहेको उनले जानकारी दिए ।

    विसं २०७० जेठ ५ गतेदेखि सुरु भएको सफाइ महाअभियान प्रत्येक हप्ताको शनिबार बिहान दुई घण्टा निरन्तर चलिरहेको छ । जाडो, गर्मी, वर्षा, चाडपर्वलगायत प्रतिकुल अवस्थामा पनि सफाइ महाअभियान रोकिएको छैन । महाअभियानबाट प्रभावित भएर काठमाडौँ उपत्यकामा वाग्मतीका सहायक नदी सफाइ अभियान पनि सुरु भएको छ । हाल राजधानीमा २५ स्थानमा सफाइ भइरहेको छ । यसैगरी काठमाडौँ उपत्यका बाहिरका मुख्य शहर, नदी र सांस्कृतिक सम्पदा स्थलमा पनि सफाइ भइरहेको छ । राजधानी बाहिर १०९ स्थानमा सफाइ भइरहेको जनाइएको छ ।

    यसैगरी शनिबार गुह्येश्वरीमाथिको वाग्मतीलगायत वाग्मतीका विभिन्न खण्ड, रुद्रमती, विष्णुमतीका तल्लो र माथिल्लो भाग, मनोहरा, चक्रपथका उत्तरी र पश्चिमी भागमा पनि सफाइ गरिएको जनाइएको छ । ललितपुरको गोदावरी खोला र भक्तपुरको हनुमन्तेमा पनि सफाइ जारी रहेको छ । अभियानकर्मीको सक्रियतामा देशव्यापी रुपमा सफाइ अभियान जारी रहेपनि स्थानीय सरकारको पनि हुनुपर्ने जति सहयोग भएको छैन ।

    images

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ