Oct 12 2026 | २०८३, असोज २६गते

images
ताजा अपडेट

images
images
images
images

ईसेवा मनी ट्रान्सफरद्वारापार्वती माध्यमिक विद्यालय बाजुरालाई सहयोग हस्तान्तरण


ग्लोबल पाना
बुधबार, पुस ३ २०८१
  • 307
    SHARES

  • images
    ईसेवा मनी ट्रान्सफरद्वारापार्वती माध्यमिक विद्यालय बाजुरालाई सहयोग हस्तान्तरण

    काठमाडौं। ईसेवा मनि ट्रान्सफरले डिजिटल साक्षरताका लागि सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत एक कार्यक्रम गरेको छ। उक्त कार्यक्रममा कम्पनीका प्रमुख कार्यकारी अधिकृत अजेश कोइरालाले कम्पनीका प्रतिनिधिहरू र विद्यालयका कार्यकारीहरूव्यक्तिहरूको उपस्थितिमा शैक्षिक सामग्री र ल्यापटप हस्तान्तरण गरेका हुन्।

    images
    images
    images

    शिक्षा र प्रविधिको पहुँचमा सुधार गर्दै विद्यार्थीहरूको शैक्षिक विकासमा टेवा पुर्‍याउने उद्देश्यले उक्त कार्यक्रम सञ्चालन गरिएको हो। उक्त कार्यक्रममा विद्यालयलाई आवश्यक शैक्षिक सामग्री, पुस्तकलगायतका शैक्षिक सामग्री प्रदान गरिएको थियो।

    ईसेवा मनि ट्रान्सफरका प्रमुख कार्यकारी अधिकृत अजेश कोइरालाले आगामी दिनमा पनि सामाजिक उत्तरदायित्वका कार्यक्रमहरूलाई प्राथमिकता दिँदै ग्रामीण क्षेत्रमा शिक्षा र प्रविधिको विकासमा योगदान पुर्‍याइने प्रतिबद्धता व्यक्त गरे।

    विद्यालयका प्रमुख व्यक्तिहरूले ईसेवा मनि ट्रान्सफरलाई धन्यवाद ज्ञापन गर्दै उक्त सहयोगले विद्यालयका विद्यार्थीहरूको शैक्षिक गुणस्तर सुधार गर्न महत्वपूणर् भूमिका खेल्ने विश्वास व्यक्त समेत गरे।

    वि.सं. २०३९ सालमा स्थापना भएको, मुलुकको अति विकट र पिछडिएको जिल्ला बाजुराको त्रिवेणी नगरपालिका-९ मा अवस्थित श्री पार्वती माध्यमिक विद्यालयमा कक्षा १ देखि १० सम्मका विद्यार्थीहरू अध्ययनरत छन्। साथै, सी.टी.ई.भी.टी. बाजुराबाट मान्यता प्राप्त यस विद्यालयमा सिभिल इन्जिनियरिङका विद्यार्थीहरू पनि अध्ययनरत छन्।

    सन् २०१९ मा नेपाल राष्ट्र बैंकबाट इजाजतपत्र प्राप्त ईसेवा मनि ट्रान्सफरले परम्परागत शैलीसँगै डिजिटल माध्यमबाट पनि विप्रेषण सेवा प्रदान गर्दै आइरहेको छ। इसेवा वालेट, बैंक तथा वित्तीय संस्था, र आफ्ना भुक्तानी केन्द्रहरूमार्फत सेवा दिने यो कम्पनी एफवान सफ्ट ग्रुपअन्तर्गतको भगिनी संस्था हो, जसले नेपालभर फिनटेकमा आधारित भुक्तानी प्रणालीलाई सशक्त बनाउँदै आएको छ।

    images

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ