Oct 11 2026 | २०८३, असोज २५गते

images
ताजा अपडेट

images
images
images
images

निर्वाचनमा सञ्चारमाध्यमको भूमिका महत्वपूर्ण : प्रमुख निर्वाचन आयुक्त


ग्लोबल पाना
मंगलबार, पुस १९ २०७९
  • 217
    SHARES

  • images
    निर्वाचनमा सञ्चारमाध्यमको भूमिका महत्वपूर्ण : प्रमुख निर्वाचन आयुक्त

    काठमाडौं । प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले मुलुकलाई निर्वाचनमय बनाउन राष्ट्रिय समाचार समिति (रासस) को भूमिका अद्धितीय रहेको बताएका छन् । गत मङ्सिर ४ गते सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको निर्वाचनका सन्दर्भमा गरिएका क्रियाकलापबारे राससको प्रतिवेदन आज आयोगको कार्यालयमा बुझ्दै प्रमुख आयुक्त थपलियाले समाचार सङ्कलन गर्ने निकाय कम तर सम्प्रेषण गर्ने निकाय धेरै भएको अवस्थामा राससले तल्लो तहसम्मका निर्वाचनका सूचना र समाचारलाई सङ्कलन गरी सम्प्रेषण गरेको बताए ।

    images
    images
    images

    उनले निर्वाचनका समयमा राससले सम्प्रेषण गरेका सामग्री निर्वाचनसम्बन्धी अध्ययनका साथै इतिहास लेखनका लागि पनि उपयोगी हुने विश्वास व्यक्त गर्दै निर्वाचनका समयमा राससले आफ्नो क्षमताको पुनः पुष्टि गरेको जनाए । प्रमुख निर्वाचन आयुक्त थपलियाले राससकर्मीको उक्त कार्यका लागि आभार व्यक्त गर्दै सार्वजजिक सञ्चारमाध्यमका लागि आयोगले गर्न सक्ने अन्य पूर्वाधार सहयोग पनि गर्ने प्रतिबद्धता सुनाउनुभयो । उहाँले निर्वाचन व्यवस्थानका क्रममा हार्डवेयर र सफ्टवेयर दुई कार्य हुने र निर्वाचन प्रचारप्रसारका लागि सफ्टवेयर महत्वपूर्ण हुने भएकाले रासससँग निर्वाचनपछिका अवधिमा पनि निरन्तर सयोग र सहकार्य हुनुपर्ने बताउँदै भने, “निर्वाचनलाई मानिसका जीवनशैलीका रुपमा लिनुपर्छ ।

    निर्वाचन पछिका अवधिमा पनि आयोग निरन्तर क्रियाशील रहन्छ । त्यस क्रममा आमसञ्चार र सामाजिक सञ्जालसँगको नियमित समन्वय र सम्पर्कका लागि आयोगले सङ्गठन पुनः व्यवस्थापन गर्नेछ ।” राससबाट निर्वाचनको दुई महिने अवधिमा सम्प्रेषित समाचारको एक हजार एक सय पृष्ठको सङ्ग्रह-प्रतिवेदन हस्तान्तरण गर्दै राससका कार्यकारी अध्यक्ष धर्मेन्द्र झाले राससलाई आयोगबाट गरिएको विश्वास र सहयोगका लागि धन्यवाद व्यक्त गरे । अध्यक्ष झाले राससले तल्लो तहसम्मका समाचारलाई संलग्न गरेर सन्तुलितरुपमा सम्प्रेषण गरेको जनाउँदै निर्वाचनपछिका अवधिमा पनि आयोगसँग सहकार्य हुने अपेक्षा व्यक्त गरे ।

    राससका नायब महाप्रबन्धक सोमनाथ लामिछानेका अनुसार यस निर्वाचनका अवधिमा राससबाट करिब छ हजार फोटो र एक हजार पाँच सय भिडियो सामग्री सम्प्रेषण गरिएको थियो । सो अवसरमा निर्वाचन आयुक्त डा जानकीकुमारी तुलाधर, आयोगका सहसचिव शालिग्राम शर्मा पौडेल, तुलसीबहादुर श्रेष्ठ, राससका महाप्रबन्धक सिद्धराज राई, आयोगका उपसचिव सूर्यप्रसाद अर्याल र कमल भट्टराई, रासस सञ्चालक समितिका सदस्य कृष्ण अधिकारी, प्रमुख समाचारदाता उत्तम सिलवाल, प्रशासन प्रमुख शीतल महतोलगायत सहभागी भएका थिए ।

    images

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ