Oct 11 2026 | २०८३, असोज २५गते

images
ताजा अपडेट

images
images
images
images

राष्ट्रिय मुद्दामा सहमति जुटाएर अघि बढ्छौं : महासचिव गुरुङ


ग्लोबल पाना
मंगलबार, पुस १९ २०७९
  • 255
    SHARES

  • images
    राष्ट्रिय मुद्दामा सहमति जुटाएर अघि बढ्छौं : महासचिव गुरुङ

    काठमाडौं । नेकपा (माओवादी केन्द्र)का महासचिव देव गुरुङ्ले राष्ट्रिय मुद्दामा सबै दलबीच सहमति कायम गरेर अघि बढ्ने बताएका छन् । आज यहाँ पत्रकारसँग कुराकानी गर्दै उनले राष्ट्रिय मुद्दामा सरकार पक्ष र प्रतिपक्ष सबैसँग सहमति कायम गरेर अघि बढ्नुपर्ने बताए । अहिलेको आवश्यकता भनेको राष्ट्रिय स्वाधिनताको रक्षाको, स्थिरता र स्थायित्व भएको भन्दै उनले यसका निम्ति सबै प्रकारका दलकाबीचमा सहमति र सहकार्यको खाँचो रहेको बताए ।

    images
    images
    images

    उनले भने, “यतिखेर सके सबै दलबीचमा राष्ट्रिय सहमति जुटाउन कोसिस गर्ने हो । विधिले सत्ता पक्ष र प्रतिपक्षको अङ्गिकार गरेको भए पनि एजेण्डागत आधारमा राष्ट्रिय सहमति जुटाउँदै अघि बढ्नुपर्छ ।” मुलुक सङ्कटको अवस्थामा रहेको भन्दै उनले अहिलेको राजनीतिक प्रणालीका प्रस्तावक र अगुवा एक भएर अघि बढ्नुपर्ने बताए । देशमा वृहत शान्ति सम्झौताका समयमा सरकार पक्ष गिरिजाप्रसाद कोइराला र माओवादीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच सहमति भएको भन्दै उनले यी दुबैपक्ष सहमतिका साथ अघि बढ्नुपर्ने बताए ।

    सिष्टमलाई भताभुङ्ग बनाउन खोज्नेविरुद्ध आफूहरुको लडाइँ रहेको बताउँदै उनले यही पद्दति अङ्गिकार गरेर निर्वाचनमा आएपछि कसैलाई काखा र कसैलाई पाखा गर्न नहुने बताए । अहिलेको गठबन्धन मुलुकको आवश्यकताको हिसाबले बनेको उनको भनाइ थियो । उनले थपे “मुलुकमा स्थिरता र स्थायित्व कायम राख्दै मुलुकको स्वाधिनताको रक्षाका निम्ति बढीभन्दा बढी दलको आपसी सहमति र सद्भावकासाथ अघि बढ्ने समय आएको छ ।”

    images

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ