Oct 12 2026 | २०८३, असोज २६गते

images
ताजा अपडेट

images
images
images
images

रोशीका ४४७ विधार्थीहरुलाई सिटिजन लाइफद्वारा न्यानो लुगा वितरण


ग्लोबल पाना
शुक्रबार, पुस १२ २०८१
  • 252
    SHARES

  • images
    रोशीका ४४७ विधार्थीहरुलाई सिटिजन लाइफद्वारा न्यानो लुगा वितरण

    काठमाडौं । श्रावण १२ गते देशका विभिन्न भागमा परेको अविरल वर्षाको कारण आएको बाढी पहिरो लगायतका प्राकृतिक विपत्तिमा परी धेरै धनजनको क्षति भएको परिप्रेक्षमा काभ्रे जिल्लाको रोशी गाउंपालिका स्थित केहि क्षेत्रलाई निकै प्रभावित पारेको र उक्त वाढि प्रभावित क्षेत्रका बालबालिकाहरुको शैक्षिक गतिविधिमा समेत असर परेकोले अहिलेको जाडो मौसममा उक्त क्षेत्रका बालबालिकाहरुलाई न्यानो पोषाकको आवश्यक भएकोले सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीले रोशी गाउँपालिकामा स्थित श्री शान्ति बुद्ध प्राथमिक विद्यालयका ४७ जना विधार्थी तथा श्री मंगल जन विजय माध्यामिक विद्यालयका ४०० जना विद्यार्थीहरुका लागि विद्यालयको जाडो महिनाको पोषाक ट्रयाक सुट वितरण गरेको छ।

    images
    images
    images

    कार्यक्रममा सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडका नायब प्रमुख कार्यकारी अधिकृत श्री दिप बहादुर बि. सी. ज्यू , प्रमुख बजार व्यवस्थापन अधिकृत श्री भुषण रिमाल ज्यू, प्रमुख व्यवसाय अधिकृत श्री सुनिल पोखरेल ज्यूको, स्थानीय तहका पधादिकारीहरु, विद्यालयका शिक्षक, विद्यार्थी साथै अभिभावकहरुको उपस्थिती थियो। कम्पनीका नायब प्रमुख कार्यकारी अधिकृत श्री दिप बहादुर बि. सी. ज्यूले यस कार्यले विद्यार्थीको पढाइमा सहज हुने विश्वास व्यक्त गर्नुका साथै, असहज परिस्थितिमा विद्यार्थीलाई सहयोग गर्न पाउदा, स- साना विद्यार्थीको मुहारमा खुसी देख्दा आफुलाई पनि खुसी लागेको र बीमा सबैको लागि अवश्यक छ भन्ने कुरामा जोड दिएर, विद्यार्थी भोलिको देशको कर्णधार भएको भन्दै विद्यार्थीहरुको उज्ज्वल भविष्यको कामना गरेका छन ।

    कार्यक्रममा उपस्थित समाजसेवी शंख बुद्ध लामाले आफु संस्थापक भएको विद्यालयमा सहयोग गरेकोमा सिटिजन लाइफलाई धन्यवाद ज्ञापन गर्दै बीमा बुढेसकालमा सहारा हुने भएकोले बीमा गर्नुपर्ने कुरामा जोड दिनुभयो अत बीमाले मानिसलाई हुने आर्थिक नोक्सानीलाई न्युनिकरण गर्न सकिने बताउनुभयो । कम्पनीका एजेन्सी मेनेजर साथै यस कार्यक्रमका सहजकर्ता अशोक बुद्ध लामाले बीमाले भविष्यमा हुनसक्ने जोखिम कम गर्ने हुनाले जीवन बीमाका लागि सिटिजन लाइफलाई सम्झिन अनुरोध गर्नुभयो ।

    विद्यालय व्यवस्थापन समिति अध्यक्ष ज्ञान बहादुर लामाले सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीलाई सहयोगको लागी धन्यवाद ज्ञापन गर्नुभयो।

    images

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ