Oct 11 2026 | २०८३, असोज २५गते

images
ताजा अपडेट

images
images
images
images

काठमाडौंको बबरमहलमा पैदल यात्रुको लागि हरियो ट्राफिक बत्तीसँग साइरनको सुविधा सुरु


सोमबार, पुस १५ २०८१
  • 268
    SHARES

  • images
    काठमाडौंको बबरमहलमा पैदल यात्रुको लागि हरियो ट्राफिक बत्तीसँग साइरनको सुविधा सुरु

    काठमाडौं, पुस १५ – काठमाडौंको बबरमहल क्षेत्रमा पैदल यात्रीलाई सुरक्षित रूपमा सडक पार गर्न सजिलो बनाउन नयाँ ट्राफिक प्रणालीको सुरुवात गरिएको छ। अबदेखि बबरमहलमा पैदल यात्रुहरूलाई हरियो ट्राफिक बत्ती बालिएपछि साइरन पनि बज्नेछ।

    images
    images
    images

    काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार, यो प्रणालीले पैदल यात्रीहरूलाई बाटो वारपार गर्दा ध्यानाकर्षण गराउन र चालकहरूलाई सचेत गराउन मद्दत गर्नेछ। साइरन बज्दा पैदल यात्रुले निर्धक्क भएर सडक पार गर्न सक्नेछन् भने चालकहरूले आफ्नो गाडी रोक्नुपर्नेछ।

    यस प्रणालीले सडक दुर्घटनाको जोखिम न्यून गर्न र पैदल यात्रीमैत्री वातावरण सिर्जना गर्न ठूलो सहयोग पुग्ने विश्वास गरिएको छ। बबरमहल क्षेत्रमा यो सुविधा परीक्षणको रूपमा सुरु गरिएको हो र सफल भएमा अन्य मुख्य स्थानहरूमा पनि विस्तार गरिने योजना छ।

    यस नयाँ पहलले काठमाडौंको ट्राफिक व्यवस्थापनलाई अझ प्रभावकारी बनाउने अपेक्षा गरिएको छ।

    images



    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ