Oct 12 2026 | २०८३, असोज २६गते

images
ताजा अपडेट

images
images
images
images

माछापुच्छ्रे बैंकको संस्थापक सेयर बिक्रीमा


ग्लोबल पाना
बिहीबार , पुस १८ २०८१
  • 226
    SHARES

  • images
    माछापुच्छ्रे बैंकको संस्थापक सेयर बिक्रीमा

    काठमाडौं। माछापुच्छ्रे बैंकले संस्थापक सेयर बिक्रीमा ल्याएको छ। बैंकले संस्थापक सेयरधनीहरुको नाममा रहेको ५५ हजार कित्ता सेयर बिक्रीमा ल्याएको हो।

    images
    images
    images

    यसअघि विद्यमान संस्थापक सेयरधनीहरुले सेयर खरिद नगरेपछि सो सेयर सर्वसाधारण लगानीकर्ताले समेत किन्न सक्ने गरी बिक्री खुला गरिएको बैंकले जनाएको छ। यो सेयरमा जो कोही व्यक्ति, कम्पनी तथा विभिन्न संघ संस्थाहरुले आवेदन दिन सक्नेछन्।

    सेयर खरिद गर्न इच्छुक लगानीकर्ताले आज (पुस १८ गते) देखि ७ दिनभित्र माछापुच्छ्रे क्यापिटल, जेडीए कम्प्लेक्स सुन्धारा काठमाडौंमा के कति सेयर खरिद गर्ने सो को व्यहोरा खुलाई आवेदन फारम बुझाउन सक्नेछन्।

    images

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ