Oct 12 2026 | २०८३, असोज २६गते

images
ताजा अपडेट

images
images
images
images

“गरिमा समृद्धि योजना” का इकाईहरु बाँडफाँड


ग्लोबल पाना
शुक्रबार, पुस १९ २०८१
  • 241
    SHARES

  • images
    “गरिमा समृद्धि योजना” का इकाईहरु बाँडफाँड

    काठमाडौं। गरिमा क्यापिटल लिमिटेडको योजना व्यवस्थापन तथा गरिमा विकास बैंक लिमिटेडको कोष प्रवर्धनमा रहेको गरिमा म्युचूअल फण्ड अन्तर्गत “गरिमा समृद्धि योजना”का इकाईहरु बाँडफाँड सम्पन्न भएको छ। “गरिमा समृद्धि योजना” बन्दमुखी योजनाको बीज पूँजी सहित अंकित मूल्य १० रूपैयाँ दरका १० करोड इकाईहरु पुष ७ गतेदेखि पुष ११ गतेसम्म सार्वजनिक निष्काशन तथा बिक्री खुल्ला गरिएको थियो । उक्त अवधिभर रितपूर्वक आवेदन दिएका ९४ हजार ६८१ जना आवेदकहरु मार्फत १२ करोड १८ लाख ७८ हजार ५१० इकाईका लागि रितपूर्वक आवेदन प्राप्त भएको कम्पनीले जनाएको छ ।

    images
    images
    images

    कम्पनीका अनुसार निष्काशन गरिएको इकाई भन्दा अधिक इकाईको लागि आवेदन प्राप्त हुन आएकोले विद्यमान “सामूहिक लगानी कोष निर्देशिका, २०६९” मा भएको व्यवस्था बमोजिम योजनाको आकारको अधिकतम २५ प्रतिशत सम्मको इकाई बाँडफाँड गर्न सकिने व्यवस्था रहेको छ ।

    यसरी, इकाई खरिदका लागि रितपूर्वक आवेदन दिएका सम्पूर्ण आवेदकहरुलाई “धितोपत्र निष्काशन तथा बाँडफाँड निर्देशिका, २०७४” को अधिनमा रहि आज पुष १८ गते बिहानको ९ः०० बजे निष्काशन तथा बिक्री प्रबन्धक एनआइएमबि एस क्यापिटल लिमिटेड, लाजिम्पाट, काठमाडौंमा इकाई बाँडफाँड गरी बीज पूँजी सहित योजनाको आकार एक अर्ब २५ करोड रुपैयाँ अर्थात् १२ करोड ५० लाख इकाई कायम गरिएको छ ।

    images

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ